शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारचेतना नै पहिलो प्राथमिकता (भिडियो)

चेतना नै पहिलो प्राथमिकता (भिडियो)


जलविरे । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि चौतारा साँगाचोक नगरपालिका –२ बतासेले चेतना र लकडाउनलाई पहिलो प्राथमिकतामा राखेको छ । वडाले राजधानी र विदेशबाट आउने माथि निगरानी बढाएको छ । सरकारले गरेको लकडाउनमा रोजीरोटी गुमाएका र दैनिक छाक टार्न समस्या भएका व्यक्तिलाई धमाधम राहत वितरण गरेको छ ।

वडाध्यक्ष दिपेन्द्र थापाका अनुसार वडाका अति विपन्न र दयनीय अवस्था भएका लाई राहत वितरण गरिएको हो । वडामा कसको अवस्था के छ मलाई सबै थाहा छ पहिलो चरणमा ४१ जना जतिलाई राहत वितरण गरेका थियौं । थप ३५ जना जतिलाई राहत वितरण गर्न आवश्यक देखिएको उनले बताए । वडाको वडा समितिको बैठक बसी हामीले मानिसहरु छानेकोले राहतवितरण पारदर्शी रुपमा गरेको दाबी उनले गरे ।

वडामा विदेशबाट फर्किएका ६ जना छन् । उनीहरुको नियमित स्वास्थ्य जाँच गरिएको र सबै जना आएको पनि तीन साता कटिसकेको उनले बताए । उनीहरुमा अहिले सम्म कोरोनाको लक्षण देखिएको छैन् । वडामा उनले सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिएर प्रचार गरेका छन् । विदेशबाट आएकासँग सकेसम्म सम्पर्क नै नगर्ने र गाउँ टोलमा जम्मा भएर बस्दै नबस्न वडावासीलाई उर्दी लगाएको उनले बताए ।

लकडाउन भएदेखि वडा नछाड्न मेयर अमानसिंह तामाङले उर्दी नै जारी गर्नुभएको छ, त्यसैले पनि गाउँमा केही भइहाल्यो भने समस्या हुन्छ भनेर गाउँमा छाडेको छैन, उनले भने ।

 


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!