आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठसमाचारनेकपा नेताले गरे स्वास्थ्य सामग्री हस्तान्तरण, संक्रमण रोक्न दिए यस्ता सुझाव

नेकपा नेताले गरे स्वास्थ्य सामग्री हस्तान्तरण, संक्रमण रोक्न दिए यस्ता सुझाव


सिन्धुपाल्चोक । जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । माननीय सभामुख अग्नि प्रसाद सापकोटाको पहल र नेकपा केन्द्रीय सदस्य माधव सापकोटाको सक्रियतामा जिल्लाका स्वास्थ्य संस्थालाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा रहेका आठवटा पालिकाहरुका ५४ वडाका ७३ वटा स्वास्थ्य युनिटमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने कार्यक्रम रहेको केन्द्रीय सदस्य सापकोटाले जानकारी दिए । स्वास्थ्य सामाग्री र राहत वितरणमा एकद्धार प्रणाली अवलम्बन गर्ने सरकारको निति अनुरुप स्थानीय सरकार (पालिका) हरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सापकोटाले बताए ।

आज चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा भोटेकोशी, लिसंखुपाखर, त्रिपुरा सुन्दरी गाउँपालिकामा मेयर तथा अध्यक्षहरुलाई ती सामाग्री हस्तान्तरण गरिएको हो । बाँकी पालिकाहरुमा बुधबार हस्तान्तरण गर्ने कार्यक्रम छ । ‘स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ सिन्धु खबरसँग कुरा गर्दै सापकोटाले भने उहाँहरुले आफ्ना पालिकाका स्वास्थ्य संस्थामा वितरण गर्नुहुनेछ ।’

ती स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड अनुसारका आधारभूत प्याकेजका छन् । आधारभूत प्याकेज अन्तर्गतका स्वास्थ्य सामाग्री एक सेट एउटा स्वास्थ्य युनिटका लागि छन् । प्याकेजमा इन्फ्रारे थर्मोमिटर एउटा, पीपीई एक सेट, माक्स, पञ्जा, एन नाइन्टिन फाइभ माक्स, बुट लगायत छन् ।

कोरोना नियन्त्रणका लागि जिल्लामा भएका कामहरुको प्रसंशा गर्दै अझै धेरै गर्न बाँकी रहेको सापकोटाले बताए । पहिलो चरणमा वडा अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले वडाका प्रत्येक घर घरमा पुगेर इन्फ्रारे थर्मोमिटरले ज्वरो जाँच्ने र अन्य आवश्यक स्वास्थ्य जाँच गनुपर्ने उनले सुझाव दिएका छन् । स्वास्थ्य जाँचका क्रममा केही समस्या देखिए आरडीटी चेक गर्ने र त्यसमा पनि पोजेटिभ देखिए स्वाब लिएर परीक्षण गर्न पठाउन सके पहिलो चरणमा केही ढुक्क हन सकिन्छ उनले भने ।

लकडाउन लम्बिदै जाँदा ग्रामीण भेगमा दैनिक मर्म खेताला गरेर जीवन गुजारा गर्नेहरुलाई खाद्यान्न समस्या हुने हुँदा त्यसतर्फ पनि ध्यान दिन उनले जनप्रतिनिधिलाई सुझाएका छन् । खाद्य संस्थानसँग न्यून मूल्यमा पालिकाका सहकारीहरु मार्फत सामान ल्याउने र न्यून मूल्यमा गाउँमा बेच्न सुपथ पसलहरु राख्नुपर्ने उनले बताए । किन्न सक्नेले किन्छन् नसक्नेको तथ्याकं संकलन गरी स्थानीय तहले राहत वितरण गर्न सके राज्यलाई भार पनि कम हुने र भोकमरीको अवस्था पनि नआउने सापकोटाको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!