Techie IT
Sunday, February 28,2021 / आईतबार, फागुन १६, २०७७
×
गृहपृष्ठभिडियोइन्द्रावतीमा कोरोना विरुद्धको चरणवद्ध अभियान (भिडियो)

इन्द्रावतीमा कोरोना विरुद्धको चरणवद्ध अभियान (भिडियो)


इन्द्रावती । इन्द्रावती गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणको प्रयासलाई चरणवद्ध योजना बनाएर लागू गरेको छ । गापाले पहिलो चरणमा सचेतना, दोस्रो चरणमा स्वास्थ्य तथा सुरक्षा सामाग्रीको व्यवस्थापन र तेस्रो चरणमा सामाजिक दूरी कायम गरेर लकडाउनलाई पालना गर्दै संक्रमण फैलन नदिने योजना अघि बढाएको हो ।

गापा अध्यक्ष वंशलाल तामाङका अनुसार सचेतना कार्यक्रम अन्तर्गत चरणमा रुपमा रोग के हो ? कसरी सर्छ र यसबाट बच्ने उपायबारे रेडियो, पत्रपत्रिका,माइकिङ र घरदैलो कार्यक्रम मार्फत नागरिकलाई सचेत गराइएको उनले बताए । विदेशबाट आएकालाई निगरानी, स्वास्थ्य परीक्षणका काम पनि पहिलो चरणमा गरिएको छ ।

दोस्रो चरणमा स्वास्थ्य सामाग्री वितरणर, किटनाशक औषधि छर्कने र क्वारेन्टाइन निर्माणका काम गरिएको छ । तेस्रो चरणमा लकडाउनलाई कडाइका रुपमा पालना गर्ने, सामाजिक दुरी कायम गर्दै स्वयंसेवक परिचालन, विदेशबाट फर्किएकाको दैनिक दुई हप्तासम्म स्वास्थ्य परीक्षण गरिएको छ ।

गापाले कोरोना नियन्त्रण उपचार कोष खडा गरेर त्यसको कार्यविधि समेत बनाएको छ । कार्यविधिमा जनप्रतिनिधि, शिक्षक, प्रहरी, स्वास्थ्यकर्मी, स्वयंसेवकको टिम बनाउने र टोल टोलमा पारिचालन गर्ने उल्लेख छ । जस अन्तर्गत गापाको टोल टोलमा स्वयंसेवक टिम नै खडा गरी परिचालन गरिएको छ ।

टोल टोलमा विदेशबाट आएकाको गतिविधि निगरानी गर्ने, असंगठित मजदुरहरुको तथ्याकं संकलन गर्ने, लकडाउन पालना गराउने काम स्वयंसेवक टोलीले नै गनेछन् । स्वंयसेवक टोलीले टोल टोलको सूचना संकलन गरेर वडालाई जानकारी दिने, वडाले गापालाई र गापाले आवश्यकता अनुसार माथिल्लो निकायलाई जानकारी गराउने काम गरेको अध्यक्ष तामाङले बताए ।

गापामा सुदुरपश्चिम र तराईबाट काम गर्न आएका र यतैका दुई सय जति मजदुर छन् । उनीहरुको तथ्याकं संकलन गरी वडाको सिफारिसमा खानाको व्यवस्थापन कुपन सिष्टमबाट गरिएको छ । गापाले जति काम गर्यो त्यसमा संघीय र प्रदेश सरकारको खास सहयोग नभएको तामाङले बताए ।
अहिले गापाको कोरोना कोषमा प्रदेशले १० लाख नगद दिएको र त्यहीबाट कोरोना नियन्त्रणका प्रयासहरु गरिएको उनले जानकारी दिए । गापामा स्वास्थ्य संयोजकको नेतृत्वमा स्वास्थ्यकर्मीको परिचालन गरिएको छ ।

गापाका १२ वटै वडामा स्वास्थ्य चौकी छन् र त्यहाँ स्वास्थ्य सामाग्रीको व्यवस्थापन गरिएको छ । विदेशबाट आएका सबैको आरडीटी परीक्षण सकिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएपछि गापा नै त्रासरहित भएको उनले बताए । कही न कतै गाउँका मानिसमा मनोवैज्ञानिक त्रास थियो त्यो अब हटेको छ उनले भने ।


क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस