गृहपृष्ठ ∕ भिडियो ∕ हेलम्बुमा बैैशाखमै हिउँ पर्यो (भिडियोसहित) हेलम्बुमा बैैशाखमै हिउँ पर्यो (भिडियोसहित) सिन्धु खबर वैशाख ९, २०७७ गते ८:४६ मा प्रकाशित सिन्धुपाल्चोक । हेलम्बुमा हिउँ परेको छ । हेलम्बु गाउँपालिकाको मेलम्ची घ्याङ, तार्के घ्याङ, ठाडे पाटी लगायत ठाउँमा हिउँ परेको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । गए रातिदेखि परेको हिउ अहिलेसम्म नै नरोकिएको अध्यक्ष शेर्पाले बताए । चैत वैशाखमा मेलम्चीको तल्लो भागसम्म हिउँ परेको यो पहिलो पटक भएको उनले बताए । `मैले थाहा पाएसम्म यति तल तल सम्म यो मौसममा हिउँ परेको थिएन, सिन्धुखबरसँग कुरा गर्दै उनले भने अहिले के अचम्म भयो चैत वैशाखमा पनि तल तल सम्म हिउँ पर्यो ।` यो मौसममा हिउँ पर्दा सिँचाई भएर बालीनाली सप्रने हुँदा राम्रो नै हुने अध्यक्ष शेर्पाको भनाइ छ । गहुँ, जौ लगायत खाद्यान्न बालीका लागि यो त्यति फाइदाजनक नभएतापनि मकै, आलु लगायत बालीका लागि यो समयमा हिउँ पर्नु राम्रो रहेको उनले बताए । यो मौसममा हिउँ पर्दा खासै चिसो नहुने हुँदा मानिस तथा पशुहरुलाई हानी गर्दैन । (भिडियो कालु शेर्पा लामाको फेसबुक वालबाट) क्याटेगोरी : भिडियो, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?