गृहपृष्ठ ∕ समाचार ∕ बलेफिले दोलखाबाट हिड्दै आएका मजदुरको उद्धार गरी काठमाडौं पठायो बलेफिले दोलखाबाट हिड्दै आएका मजदुरको उद्धार गरी काठमाडौं पठायो सिन्धु खबर वैशाख ८, २०७७ गते १६:२३ मा प्रकाशित बलेफि । बलेफि गाउँपालिकाले दोलखाबाट पैदल हिडेर आएका मजदुरहरुको उद्धार गरेको छ । तीन दिन देखि हिडेर आज बलेफि बजार आइपुगेको मजदुरहरुको गापाले उद्धार गरेको हो । गापाले १५ जना मजदुरलाई बसको व्यवस्था गरी काठमाडौंसम्म पुर्याउने व्यवस्था गरेको गापाका अध्यक्ष केदार क्षत्रीले जानकारी दिए । उनीहरु पुर्ननिर्माण र सडकको कामका लागि रुकुम र सल्यानबाट दोलखा पुगेका थिए । उनीहरु रुकुम चौरजहारी नगरपालिका ८ का १२ जना र सल्यान कोमकका तीन जना छन् । उनीहरुको खुट्टा सुन्निएको र हिड्न नै नसक्ने अवस्थामा पुगेकाले उनीहरुको उद्धार गरिएको उनले बताए । `मजदुरहरुलाई हामी सबै व्यवस्थापन गर्छौ लकडाउन खुले पछि जानुस भनेका थियौं तर मान्नुभएन हामी जसरी पनि हाम्रो परिवारसँग नै रहन चाहान्छौं मरेपनि आफ्नै ठाउँमा मर्छौ भन्नुभयो त्यसैले उहाँहरुको शारिरीक अवस्था दयनीय देखेर उद्धार गरेका हौं`अध्यक्ष क्षेत्रीले भने । उनीहरुलाई काठमाडौंबाट रुकुम र सल्यानसम्म पुर्याउन आफूले प्रयास गरिरहेको उनले बताए । बाटोमा केही समस्या आउला भनेर अध्यक्ष श्रत्री मजदुरहरुसँगै काठमाडौं हिडेका छन् । यसअघि हिजोपनि जाजरकोटका पाँच जना मजदुरलाई गापाले चितवनसम्म पुग्ने व्यवस्था गरेको विपद् श्रोतब्यक्ति सुकुलाल तामाङले जानकारी दिए । उनीहरु बलेफि ५ मा मजदुरी गर्न आएको उनले बताए । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका