Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाचारभारतीय मजदुर गाउँ रहँदा स्थानीयमा त्रास

भारतीय मजदुर गाउँ रहँदा स्थानीयमा त्रास


चौतारा, ७ वैशाख ।
कोरोना भाइरस (कोभिड १९) फैलन नदिन गरिएको लकडाउनको समयमा भारतीय मजदुर गाउँमा रहँदा स्थानीयवासीमा त्रास फैलिएको छ । छिमेकी मुलुक भारतबाट चैत ६ गते सिन्धुपाल्चोक आईपुगेका भारतीय मजदुरको स्वास्थ्यसमेत परीक्षण नगरिएपछि स्थानीयवासी त्रसित भएका हुन् ।
उनीहरुले बलेफी गाउँपालिका ८ टोप्कामा टावर निर्माणका काम गरिरहेका छन् । स्थानीय रेशम कार्कीका अनुसार लकडाउनमा पनि उक्त स्थानमा ३० जना भन्दा बढी भारतीय कामदारले काठमाडौं बाह्रबिसे टा«न्समिसन लाइनको टावर निर्माण गरिरहेका छन् ।स्वास्थ जाँच बिना नै टावरको काम गर्न थालेपछि सिङगो गाउँ नै त्रासमा परेको कार्कीले जानकारी दिए । स्थानीय सुबास तामाङले कामदारको तत्काल नै स्वास्थ परीक्षण हुनु पर्ने माग राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मजदुरहरुको स्वास्थ परीक्षण गरि क्वारेन्टाइनमा राख्ने जानकारी दिए । काम नगर्न प्रहरीले मजदुरलाई भनिएपनि उनीहरुले मान्ने गरेका छैनन् । प्रहरी पुग्नसाथ मजदुरहरु भाग्ने गरेको स्थानीय बताउँछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस