‘क्वारेन्टाइन होइन सुरक्षित आवास’ (भिडियो)

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलन नदिन क्वारेन्टाइनको सट्टा सुरक्षित आवास निर्माण गरेको छ । गापाले एउटै स्वास्थ्य चौकीलाई तीन ठाउ“बाट सेवा प्रबाह गर्ने व्यवस्था गरेको छ ।
भाइरस फैलन नदिन जुगलको वडा नम्बर ५ बराम्चीले बलेफि सीमा र आसपासका क्षेत्रमा भने विशेष निगरानीलाई थप प्रभावकारी बनाएको छ । राजधानी, विदेशबाट वा अन्य गाउ“पालिबाट आउनेको स्वास्थ्य जाँच गरेर मात्र वडामा प्रवेश गर्न पाइने नीति बनाइएको छ ।
वडाले एउटा स्वास्थ्य केन्द्रलाई तीन ठाउँमा विभाजन गरी जनताको स्वास्थ्यमा विषेश ख्याल दिएको वडाध्यक्ष सनत अधिकारीले बताए । साथै पोखरे स्वास्थ्य चौकीमा र वडा कार्यालयमा १४ वेडको सुरक्षित आवास निर्माण गरिएको छ । क्वारेन्टाइन निर्माण गर्न आवश्यक मापदण्ड पूरा गर्न नसकिएकाले सुरक्षित आवास निर्माण गरिएको अधिकारीले जानकारी दिए ।
त्यसैगरी वडामा विदेशबाट आएका ७ जनाको स्वास्थ्यका साथै आरडीटी परीक्षण पनि गरिएको छ । आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । वडाले पालिका तथा वडाको सीमामा ढाट तेस्र्याएर हेल्थ डेस्क राखेको छ । ‘पालिका प्रवेश गर्ने जो कोहीले स्वास्थ्य परीक्षण गर्नेपर्ने व्यवस्था गरेका छौ,’ उनले भने ।
त्यसैगरी पालिकाका अति विपन्न र ज्यालादारीलाई वडाले राहत वितरण गरेको छ । वडामा रहेका १ हजार जनसंख्या मध्ये अति बिपन्न ६७ जनालाई राहत वितरण गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । वडाले राजधानीमा खान नपाएर अलपत्र परेका वडावासीलाई त्यहाँका स्थानीय तहसँग समन्वय गरी राहत वितरण गर्ने भएको छ । त्यसका लागि वडाले राजधानीमा रहेका वडावासीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
अधिकारीले यो लकडाउन मात्रै रहेको ‘सटडाउन’ नभएकाले सबै जनप्रतिनिधिहरु जनताको घरदैलोमा पुग्नैपर्ने बताए । जनताले मूल्याकंन गर्ने समय भएकाले जनतालाई दुख पर्दा जनतासम्म पुग्नैपर्ने उनको तर्क छ । जनतालाई केही परे एम्बुलेन्स र आफ्नै गाडी सधै तयारी अवस्थामा राखेकाले वडावासीलाई नहिच्किचाइ आफ्नो समस्या राख्न पनि उनले अनुरोध गरेका छन् ।
क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस