Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठराजनीतिलकडाउनमा दुःख पाएकालाई सहयोग गर्न सिन्धुकांग्रेसको अनुरोध

लकडाउनमा दुःख पाएकालाई सहयोग गर्न सिन्धुकांग्रेसको अनुरोध


चौतारा, ६ चैत ।
कोरोना भाइरस (कोभिड १९) फैलन नदिन सरकारले गरेको लकडाउनमा अभाव झेलेकाहरुलाई मानवीय सहयोग गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सबै भातृ तथा सुभेच्छुक संगठनलाई अनुरोध गरेको छ ।
यो लकडाउनमा दुःखकष्ट भोक, अभाव भोगिरहेका जनताप्रति पार्टीपंक्ति लाग्न कांग्रेसले अनुरोध गरेको हो । पार्टीका भातृ तथा शुभेच्छुक संघसस्थाहरुलाई सामाजिक दुरी कायम गरि सहयोग गर्न केन्द्रीय समितिको निर्देशन भए अनुसार नेपाली कांग्रेस सिन्धुपाल्चोक, क्षेत्रीय समिति, परदेश क्षेत्रीय समिति, नगर समिति, गाउँ समिति, वडा समिति, टोल समिति र नेपाली कांग्रेसका कृयाशिल सदस्य समेतलाई सकेको मानवीय सहयोग र खान बस्ने व्यवस्था गर्न अनुरोध गरेको जिल्ला समितिका सचिव झलक नेपालले जानकारी दिए ।
बाहिरी जिल्लाबाट आएका र अभाव झेलेका कामदार, मजदुरलाई खान बस्न सहयोग गर्न कांग्रेस तयार रहेको उनको भनाई छ । लकडाउनमा फसेकाहरु र जिल्लामा बसोबास गरि खाद्यान्न अभाव भएकालाई सहयोग गर्न सबै सुभेच्छुक र भातृ संघसंस्थालाई निर्देशन गरिएको हो ।
लकडाउनले मजदुरी, ज्यालादारी गर्ने, हुँदा खाने नेपालीलाई सबैभन्दा बढी असर गरेको नेपली कांग्रेसको ठहर छ । आफ्नो पेट् पाल्न गाह्रो हुने नेपालीहरु हजारौंको संख्यामा आफ्नो थातथालोमा झरी ,घाम, बादल, भोक निन्द्रा नभनी घन्टौं सम्म कष्टकर यात्रामा रहेकाले उनीहरुलाई आवश्यकअनुसार सयोग गर्न कांग्रेसले निर्देशन दिएका हो ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस