शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारदेशका विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई लिसंखुपाखरले उद्धार गर्ने

देशका विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई लिसंखुपाखरले उद्धार गर्ने


सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकाले काठमाडौं वा देशका अन्य भागमा कोठा लिएर बस्नेहरु घर आउन चाहेमा यातायातको व्यवस्था गर्ने भएको छ । श्रमिक, मजदुर तथा ज्यालादारीहरु दैनिक खान नपाएर भोकभोकै लामो दूरी तय गरेर हिडिरहेको भन्ने समाचार आएपछि गापाले आफ्ना गापाभित्रका त्यस्ता व्यक्तिहरुलाई ल्याउन पहल थालेको हो ।

पहिलो चरणमा हामी के कति मानिस काठमाडौंमा छन् तथ्याकं उतार्दै छौं गापाका अध्यक्ष कमल नेपालले भने, त्यो तथ्याकं आएपछि उनीहरुलाई ल्याउने व्यवस्था गर्नेछौं । सकेसम्म त्यहीका स्थानीय तहहरुसँग समन्वय गरेर राहतको लागि पहल गर्ने र जहाँ छन् त्यही राख्ने योजना गापाको छ ।

यदि उनीहरु घरमा नै नआई नछाड्ने हुन भने सवारी पासको व्यवस्था गरेर गापामा ल्याउने र दुई हप्ता क्वारेन्टाइनमा राखेर मात्रै घर जान दिने अध्यक्ष नेपालले जानकारी दिए । गापाले अलपत्र परेका व्यक्तिहरुलाई सम्पर्क गर्न विभिन्न नम्बर पनि उपलब्ध गराएको छ ।

अलपत्र परेकाले ठुलो धादिङ पासाङ लाल लामा ९७४१३१७२९८, लिसंखु हस्त बहादुर मोक्तान ९८५१०८५७९०, लिसंखु वाफल काजि बहादुर लामा ९८५१२०७९२८, अतर्पु कुमार लामा ९८४९६७५०२१, जेठल बिष्णु कुमार श्रेष्ठ ९८५१२०८२२८, पेट्कु लाल बहादुर पन्त ९८१०१९०५०४, ठुलोपाखर बयान बहादुर घिसिङ ९८५१२८२७९४, उपाध्यक्ष हेम गंगा मोक्तान ९८५१२४७२३६ अध्यक्ष कमल नेपाल ९८५११७७०१२ को नम्बरमा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउन सक्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!