गृहपृष्ठ ∕ समाचार ∕ चौतारा साँगाचोकगढीका ६६ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ चौतारा साँगाचोकगढीका ६६ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ सिन्धु खबर वैशाख ६, २०७७ गते ९:५३ मा प्रकाशित चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा पहिलो चरणमा गरिएको आरडीटी (द्रुत परीक्षण टेष्ट) परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार सम्पन्न आरडीटी परीक्षण गरिएका नपाका ६६ जना कै रिपोर्ट नेगेटिभ आएको चौतारा साँगाचोकगढीका मेयर अमानसिंह तामाङले जानकारी दिए । नपाको १४ वटै वडामा गत चैत १ गतेदेखि हालसम्म बिदेश बाट आएका ६६ जनाको परीक्षण गरिएको हो । त्यसमा ८ जना महिला र ५८ जना पुरुष रहेका थिए । हाल नपाको तथ्याकंमा विदेशबाट आएका ६६ जना नै सम्पर्कमा भएको र त्यति मात्रैको आरडीटी परीक्षण गरेको मेयर तामाङले बताए । थप सम्पर्कमा आए उनीहरुको पनि आरडीटी परीक्षण गरिने उनले जानकारी दिए । यसअघि विदेशबाट आएका सबैको परिवारका सदस्यहरुको समेत स्वास्थ्य परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपनि सबैलाई अनुशासित भई क्वारेन्टाइनमा नै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । यसैबीच लिसंखुपाखर गाउँपालिकाका ६ जनाको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गत चैत एक गतेबाट ६ जना मात्रै विदेशबाट आएका गापा भित्रिएको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको गापाका अध्यक्ष कमल नेपालले जानकारी दिए । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम