गृहपृष्ठ ∕ भिडियो ∕ ‘……त्यसैले कुखुराको माऊ बन्नुपर्छ’ – मेयर तामाङ (भिडियोसहित) ‘……त्यसैले कुखुराको माऊ बन्नुपर्छ’ – मेयर तामाङ (भिडियोसहित) सिन्धु खबर वैशाख ६, २०७७ गते ८:५८ मा प्रकाशित सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले संकटका बेला राजनीतिक नेतृत्व कुखुराको माऊ जस्तै नबन्ने हो नागरिकले अभिभावक नपाउने बताएका छन् । उनले कोरोना भाइरस(कोभिड–१९) बाट बचाउन र नागरिकलाई हौसला प्रदान गर्न राजनीतिक कार्यकर्ता बस्ती बस्तीमा पुगेर जनचेतना जगाउनुपर्ने प्रसंगमा यस्तो धारणा अघि सारेका छन् । कुखुराको माऊले जसरी चल्लालाई छोपेर बचाउँछ आफूले त्यस्तै सोचमा काम गरिरहेको उनको दावी छ । ‘म आफ्ना नगरवासीलाई बचाउन माऊ बनेर भूमिका निर्वाह गर्छु,’ उनले भने । यस दुखद घडीमा जुनसुकै परिस्थितिमा आफ्ना नगरवासीलाई बचाउन दिनरात लागिपरेको दावी उनको छ । सिन्धु खबरसँगको कुराकानीमा उनले ‘नगरपिता’को हैसियतले आफ्ना ५१ हजार नगरवासीलाई कोभिड–१९ बाट सुरक्षित राख्न रातदिन खटेको सन्दर्भ जोड्दै उनले आफू बस्ती–बस्तीमा जनचेतनामूलक कार्यक्रम लिएर सामाजिक दूरी कायम गर्दै सर्वसाधारणसँग भेटघाट गरिरहेको बताए । स्वास्थ्य सुरक्षा सामाग्री लिएर आफैं घरघर पुग्ने प्रयास गरेको भन्दै उनले थप सहयोगका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह गरे । राजनीतिक कार्यकर्ता तथा जनप्रतिनिधिहरु दुःखमा जनताको घरदैलोमा पुग्नु पर्ने उनको तर्क छ । जनताका लागि राजनीति गर्छु भन्नेले जनतालाई दुःख परेको समयमा सम्पर्कमा जानैपर्ने विचार उनको छ । तत्काल दिने चीज केही नभएपनि जनतासम्म पुग्दा उनीहरुलाई थप हौसला र प्रोत्साहन मिल्छ । नगरका जनप्रतिनिधिहरुलाई पनि जनतासमक्ष पुग्न आग्रह गर्छु,’ उनले भने । अहिले त जनता झन् त्रासमा रहेका बेला उनीहरुलाई भेटेर हामी छौं भनिदिनुपर्छ । उनले आफ्ना नगरमा सकेसम्म कोही भोकले मर्न नपर्ने वातावरण बनाउने बताए । ‘सबै वडाध्यक्षहरुलाई निर्देशन दिइसकेको छु कोही खान नपाएर मर्न नपरोस् । उनीहरुको अवस्था हेरेर तत्काल राहत वितरण गनुस् ।’ क्याटेगोरी : भिडियो, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे