गृहपृष्ठ ∕ समाचार ∕ हेलम्बुमा ‘आरडीटी’ परीक्षण गरिएका २८ जनाकै रिपोर्ट नेगेटिभ हेलम्बुमा ‘आरडीटी’ परीक्षण गरिएका २८ जनाकै रिपोर्ट नेगेटिभ सिन्धु खबर वैशाख ५, २०७७ गते १२:५५ मा प्रकाशित हेलम्बु । हेलम्बु गाउँपालिकाले पहिलो चरणमा गरेको आरडीटी (द्रुत परीक्षण टेष्ट) परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो चरणमा वडा नम्बर ५ को सर्बोदय मा वि मा गरिएको आरडीटी परीक्षणमा १८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो चरणमा गरिएका थप १० जनाको पनि नेगेटिभ आएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए । कुल २८ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । पहिलो चरणमा ६ जना क्वारेन्टाइनमा बसेका र १२ जना विदेशबाट आएकाको आरडीटी परीक्षण गरिएको थियो । दोस्रो चरणमा चैत १ गते पछि बाहिरी देशबाट आफ्नो गाउँ फिरेकाहरुको आरडीटी परीक्षण गरिएको हो । ‘आज परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आयो सिन्धुखबरसँग कुरा गर्दै अध्यक्ष लामाले भने । क्वारेन्टाइनमा रहेका ६ जना भने काठमाडौमा बिरामी लिएर गएका मानिसहरु थिए । काठमाडौंबाट फर्किएका उनीहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आजै उनीहरुलाई घर पठाइएको छ । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे