Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठभिडियोलकडाउन पालना गराउन गाउमा अप्ठेरो : एसपी महर्जन (भिडियोसहित)

लकडाउन पालना गराउन गाउमा अप्ठेरो : एसपी महर्जन (भिडियोसहित)


चौतारा । सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) प्रज्वल महर्जनले शहरमा लकडाउनको पालना गराउन सजिलो भएपनि गाउमा अप्ठेरो भएको बताएका छन् ।

गाउको धेरै बस्तीमा कच्ची सडक पुगेकाले प्रहरीलाई स्रोतको अभाव नहुने हो भने बढी क्रियाशील हुन सक्ने उनले बताए । महर्जनले अबका दिनमा जिल्लामा लकडाउनमा थप कडाइ गरिने पनि बताए । सिन्धुखबरसँग कुरा गर्दै कोरोना भाइरसलाई जित्न हाम्रो जस्तो देशमा लकडाउन नै उतम भएको बताउँदै लकडाउनलाई कडाइका साथ पालना गर्नुको विकल्प छैन उनले भने ।

सिमित जनशक्ति हुँदा प्रहरीलाई १६ घण्टा सम्म दैनिक ड्युटीमा खटाएको छौं उनले भने, ‘आवश्यक सवारी साधन भए प्रहरीलाई गाउ गाउ पुर्याउन सक्छौं । त्यसका लागि स्थानीय तहलाई सवारी साधन उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्दछु।’

कोरोना भाइरस (कोभिड-१९) विना लक्षण पनि देखिने र सजिलै एक बाट अर्कोमा सर्ने हुँदा सामाजिक दुरी कायम गरिराख्न र घरमा नै बसिदिन महर्जनले जिल्लावासी सम्पुर्णलाई आग्रह गरे ।

सिन्धुखबरले उनीसँग गरेको कुराकनी


क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस