Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठसमाचारफरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ


चौतारा, ४ वैशाख ।
प्रहरीले १० महिनाअघिदेखिको अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । सिन्धुपाल्चोक साबिक हगाम गा.वि.स.वडा न.९ हाल जुगल गाउँपालिका वडा न.७ वस्ने बाबु तामाङ भन्ने मेघ बहादुर तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका मेघबहादुरलाई पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । पीडितको उजुरीपछि उनी २०७६ असार १३ गते देखि फरार रहेका थिए ।
अहिले फरार रहेका प्रतिवादीहरु लकडाउनको समय आफ्नो गाँउघरमा फर्की लुकीछिपी बस्न सक्न हुनाले तिब्र रुपमा सूचना संकलन गरि पक्राउ गर्ने कार्यलाई कडाईका साथ तिब्रता दिईएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस