शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारलामोसाँघुमा आगलागी हुँदा दुई लाख बढीको सामान जलेर नष्ट

लामोसाँघुमा आगलागी हुँदा दुई लाख बढीको सामान जलेर नष्ट


लामोसाँघु । सुनकोसी गाउँपालिका ७ लामोसाँघुमा रहेको एक पसल तथा होटलमा आगलागी भएको छ । सुनकोसी क्याम्पस छेउ सञ्चालित उक्त पसलमा गएराति पौने १० तिर आगलागि भएको हो ।

स्थानीय कृष्ण पहारीको पसलमा विद्युत सर्ट भै लागेको आगोमा पसलका खाद्यवस्तु जलेर नष्ट भएको सुनकोसी गापा ७ का वडा अध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिए ।

विद्युत सर्ट भई आगलागी भएको कुरा सोही घरमा बस्ने पहारी परिवारले पनि केही समयपछि मात्रै थाहा पाएका थिए । उनीहरु सटर भन्दा पछाडि बस्दथे । तत्काल आगलागीबारे थाहा हुन नसक्दा क्षति धेरै भएको देखिन्छ वडा अध्यक्ष तिमल्सिनाले भने ।

आगो प्रहरी र स्थानीयको सहयोगमा १५ मिनेटपछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागीमा करिब दुई लाख तीस हजार बढी सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

खाद्यवस्तु, फ्रिज लगायत इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएतापनि भाडाँकुडाँ भने काम लाग्ने अवस्थामा नै रहेको अध्यक्ष तिमल्सिनाल बताए ।

पहारी परिवारलाई तत्काल वडाले खाद्यसामाग्री सहयोग गर्ने भएको छ । आगामी दिनमा छलफल गरेर थप राहत दिन सकिने उनले बताए । स्थानीय नारायण कार्कीको घरमा पहारी छ वर्षदेखि व्यवसाय गर्दै आएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!