चुल्हाे बाल्न सकस हुनेलाई सहयाेग

चाैतारा, ३० चैत ।
चौतारा सांगाचोकगढि नगरपालिका १३ नम्बर वडाले चुल्हो बल्ननै गाह्रो भएका ५८ विपन्न परीवार र सडकमा कामगर्ने ५ जना मजदुरलाई राहत वितरण गरेको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले तोकेको मापदण्डमा रहेर राहत वितरण गरीएको वडा अध्यक्ष रामप्रसाद गौतमले जानकारी दििए। चौतारा सांगाचोकगढि नगरपालिका १३ नम्बर वडा स्तरीय विपत ब्यवस्थापन समितिको बैठकले निर्णय गरेसंगै हात मुख जोड्न गाह्रो परेका अति विपन्न परीवारले राहत पाएका छन् । अध्यक्ष गौतमका अनुसार समितिले ठुलोसिरुवारीको ६ ओटा पसलसंग समन्वय गरी राहत लिनको लागि शनिबार वडाबाट उनिहरुलाई कुपन उपलग्ध गराएको थियो । सरकारले तोकेको मापदण्ड अनुसार ३ भन्दा वढि सदस्य सङ्रख्या भएका परीवारलाई ३० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ४ पिस साबुन र २ किलो चिनि गरी जम्मा एक परीवारलाई २ हजार ५ सय १४ रुपैयाको राहत सामाग्रि दिएको छ । परीवारमा २ वा त्यो भन्दा कम सदस्य भएको अवस्थामा त्यसको आधा मात्र राहत वडाले वितरण गरेको हो ।
सरकारले कोरोना जोखिम कम गर्न लकडाउन गरेसंगै दैनिक ज्यालामजदुरी गर्ने परीवार समस्यामा परेको गुनासो आएपछि वडाले सहयोग गरेको अध्यक्ष गौतमले जानकारी दिए। नगरभित्र पहिलोपटक शनिबार १३ नम्बर वडाले राहत वितरण सुरु गरेको हो । आईतबार बाट ४ नम्बर वडा कुविण्डेले समेत हात मुख जोड्रन गाह्रो परेमा वडामा सक्पर्क गर्न अनुरोध गरेको वडा अध्यक्ष चुडामणि नेपालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस