बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारक्वारेन्टाइनका लागि पूर्व मन्त्रीद्धारा स्वास्थ्य सामग्री सहयोग

क्वारेन्टाइनका लागि पूर्व मन्त्रीद्धारा स्वास्थ्य सामग्री सहयोग


चौतारा, २७ चैत ।
पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित मेलचौरमा रहेको क्वारेन्टाइनका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सो सामग्री उनले आज (विहीबार) जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई हस्तान्तरण गरे ।
क्षेत्रीयस्तरको क्वारेन्टाइनकै लागि भनेर पूर्व मन्त्रीले सामग्री दिएका हुन् । क्वारेन्टाइनका लागि भनेपछि समितिका संयोजक ढकालले स्थानीय विपद व्यवस्थापन समितिलाई प्रदान गरेको थियो । प्रजिअ ढकालले चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
स्वास्थ्य सामग्रीमा १० थान व्यक्तिगत सुरक्षा सेट, एक हजार थान पञ्जाका साथै माक्स र सेनिटाइजर रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!