सिन्धुपाल्चोक समन्वय समितिले पत्रकारलाई दियो ५० थान ज्याकेट

चौतारा । जिल्ला समन्वय समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकलाई प्रेस ज्याकेट सहयोग गरेको छ ।
लकडाउनको समयमा संचारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्न सहयोग पुगोस भनेर ५० थान प्रेस ज्याकेट सहयोग गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।
समाचार सम्प्रेषण गर्न लकडाउनका समयमा समस्या भएपछि सहयोगका लागि महासंघले समन्वय समितिलाई आग्रह गरेको थियो । सो अनुरुप समन्वय समितिले सहयोग गरेको महासंघका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए ।
साथै समन्वय समितिले जिल्लामा क्रियाशील २५ पत्रकारहरुलाई खाद्यान्न समेत सहयोग गर्ने भएको छ । चामललगायत खाद्यान्न सामाग्री सहयोग गर्ने समन्वय समितिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस