गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकको आइसोलेसनमा रहेका चारै जनामा कोरोना नभएको पुष्टि सिन्धुपाल्चोकको आइसोलेसनमा रहेका चारै जनामा कोरोना नभएको पुष्टि Sindhu Khabar चैत्र २६, २०७६ गते १२:५३ मा प्रकाशित चौतारा, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि चौतारामा रहेको आएसोलेसनमा राखिएकी महिलामा कोरोना नभएको पुष्टि भएको छ । उनीसँगै बाह्रविसेको आइसोलेसनमा रहेका तीन जनाको पनि रिपोर्ट नेगेटिभ पाइएको हो । चौतारा अस्पतालमा रहेको आइसोलेसनमा ओमानबाट नेपाल आएकी लिसंखुपाखर गाउँपालिका सुनमाया तामाङलाई राखिएको थियो । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेको आइसोलेसनमा बाह्रविसे नगरपालिका ७ कि रेणु विक, उनकी बहिनी सुष्मा र बाह्रविसे नगरपालिका २ का रोशन शेर्पा रहेका थिए । उनीहरु चारै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । उनीहरुमा कोरोना नभएको आइसोलेसन राखिएको चौतारा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेले जनाएको हो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे