बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारजनचेतनामूलक सूचना तथा समाचार सम्प्रेषण गर्न प्रेस संगठन नेपालको आग्रह

जनचेतनामूलक सूचना तथा समाचार सम्प्रेषण गर्न प्रेस संगठन नेपालको आग्रह


चौतारा । पत्रकारहरुले विषम परिस्थितिमा आफू सुरक्षित रहँदै व्यवसायिक धर्म निर्वाह गर्न प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संगठनले असहज परिस्थितिका बीच जोखिम र कठिनाई झेल्दै नागरिकलाई सुसूचित गर्ने काममा अहोरात्र लागेका सम्पुर्ण संचारकर्मीप्रति कृतज्ञता व्यक्त गरेको छ ।

प्रेस संगठनले आफ्ना सबै सदस्यहरु र संचारकर्मी साथीहरुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै सुरक्षित तवरबाट सही सूचना प्रवाह गरी महामारी विरुद्धको अभियानमा लाग्न आग्रह समेत गरेको छ ।

अहिलेको परिस्थितिलाई ख्याल गर्दै जनचेतनामूलक सूचना तथा समाचार सम्प्रेषण गर्न संगठन अपिल गर्दछ ।


क्याटेगोरी : समाचार
ट्याग : #side

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!