प्रधानमन्त्री राहत कोषमा क्षमादेवी ग्रुपको १० लाख बढी सहयोग

काठमाडौं । सिन्धुपाल्चोकको क्षमादेवी ग्रुपले प्रधानमन्त्री राहत कोषमा १० लाख बढी सहयोग गरेका छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा क्षमादेवी ग्रुपकाले १० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको ग्रुपका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।
क्षमादेवी गुप्रका जयराम अर्याल, राजेन्द्र बस्नेत र राजकुमार बस्नेतले संयुक्त रुपमा उक्त रकम प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई हस्तान्तरण गरेका छन् ।
ग्रुपले सिन्धुपाल्चोकमा विभिन्न सामाजिक काम गर्दै आएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि केही समय अघि सिन्धुपाल्चोकका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।
क्षमादेवी ग्रुप व्यवसायिक घराना हो । ग्रुपका अध्यक्ष राजकुमार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस