बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारएम्बुलेन्स चालकलाई सुरक्षा सामग्री

एम्बुलेन्स चालकलाई सुरक्षा सामग्री


चौतारा, २५ चैत ।
जिल्लाबाट सञ्चालन भइरहेको एम्बुलेन्सको चालकहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सिन्धुपाल्चोकमा सञ्चालित २७ एम्बुलेन्सका चालकका लागि सामग्री दिइएको हो ।
खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले उपलब्ध गराएको सामग्री जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सो सामग्री सिन्धु सदावहार अस्पतालका अध्यक्ष कमल नेपालले प्रदान गरे ।
समितिका संयोजक ढकालले जिल्लामा रहेका सबै एम्बुलेन्स चालकलाई प्रदान गर्न सुरक्षा सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेका थिए । २७ एम्लेन्स सञ्चालनमा रहेपनि ३० सेट सुरक्षा सामग्री हस्तन्तरण गरिएको थियो ।
स्वास्थ्य सामग्रीमा पुनः प्रयोग गर्न मिल्ने एक थान सुरक्षा सेट, चस्मा, मास्कलगायत सामग्री रहेका सिन्धु सदावहार अस्पतालका अध्यक्ष नेपालले जानकारी दिए ।


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!