आइसोलेसनमा राखिएकी महिलाको परिवार क्वालेन्टाइनमा

चौतार,२४ चैत ।
आइतवार चौतारा स्थित आइसोलेशन वार्डमा राखिएकी ४० वर्षिय महिलाका परिवारलाई क्वारेन्टाइनमा राखिएको छ । उनका श्रीमान, छोरा र छोरीलाई आज ग्रामिण महिला सिर्जनशील परिवारको भवनमा बनाएको क्वान्टाइनमा राखिएको लिसंखुगाउपालिका प्रमुख कमल नेपालले बताए ।
उनीहरुलाई क्वारेन्टाइनमा राख्न नेपाल रेडक्रस सोािइटी बाह्रविसेको एम्ब्ुलेन्स लिंसखुपाखर पुगेको थियो । चौतारास्थित आइसोलेसनमा राखिएकी महिला गत चैत १ गते ओमानबाट घर आइपुगेकी थिइन् । ती महिलालाई रुघाखोकि ज्वरो आएपछि हिजो आइसोलेशनमा राखेको थियो । त्यसैले उनको परिवारलाई क्वारेन्टाइनमा राखेको बरिस्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस