मांखा र चोकटी स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री सहयोग

बलेफी । नेपाली काँग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कतै आफै सहभागी भएर र कतै आफ्ना प्रतिनिधि मार्फत बस्नेतले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
सोमबार बस्नेतले मांखा स्वास्थ्य चौकी र चोकटी स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । उनले पीपीइ, माक्स, ग्लोब्स लगायत सामाग्री सहयोग गरेका छन । मांखा स्वास्थ्य चौकीमा बलेफी ६ का काँग्रेस वडा संयोजक रामचन्द्र थापाले स्वास्थ्य सामग्री स्वास्थ्य इकाईका इन्चार्ज सुनिता बजगाईलाई हस्तान्तरण गरेका छन् ।
`मोहन दाइले स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीमा पुर्याउन भन्नुभएकोले मैले ल्याएर हस्तान्तरण गरेको हुँ`
थापाले भने । चोकटी स्वास्थ्य चौकीमा भने पूर्वमन्त्री बस्नेत आफै सामग्री हस्तान्तरण गर्न पुगेका थिए । त्यस्तै बस्नेतले बलेफी गाउँ पालिका ३ स्थित फुल्पिङकोट स्वास्थ्य चौकी र बलेफी २ धन्सारमा पनि स्वास्थ्य सामगी वितरण गरेका छन् । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बस्नेतले आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस