बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारस्वास्थ्य सामग्री पाए पछि खुसी हुँदै स्वास्थ्यकर्मी

स्वास्थ्य सामग्री पाए पछि खुसी हुँदै स्वास्थ्यकर्मी


निरोज चौलागाईं
सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकाका स्वस्थ्यकर्मीहरुले मेडिकल सामाग्री सहयोग पाएका छन। कोभिड १९ को रोकथामका लागि प्रयोग गरिने स्वास्थ्य सामाग्री पाएका  धुस्कुन उपस्वास्थ्य चौकी, पिस्कर स्वास्थ्य चौकी, तौथली स्वास्थ्य चौकी र टेकानपुरका स्वास्थ्य कर्मीहरु पीपीई अर्थात ब्यक्तिगत सुरक्षा सामाग्री, सेनिटाइजर, माक्स ग्लोब्स पाएपछि खुसी देखिएका छन् ।

सरकारले लकडाउन गरेपछि स्वास्थ्य सामाग्री अभावमा गुज्रिएको जिल्लाका स्वास्थ्य संस्थामा पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका छन् ।

नेपालमा दिन दिनै संक्रमितको सङ्ख्या बढ्दै गएको छ, स्वस्थ्यकर्मीहरु आत्तिएका छन् तर सरकारले भने, आवश्यक सामग्री उपलब्ध गराउन सकेको छैन्, पूर्वमन्त्री बस्नेतले भने, यस्तो अवस्थामा हामीले गाउँ, गाउमा पुगेर स्वास्थ्य सामग्री दिएका छौ, यसले स्वस्थ्यकर्मीहरुमा हौसला बढाएको छ ।

पिस्कर स्वास्थ्य चौकीमा आउने अधिकांश बिरामी कोरोना भाइरससँग मिल्दोजुल्दो खालका बढेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताए । तौथलीका स्वस्थ्यकर्मी गंगा राईले सबैभन्दा बाक्लो बस्ती रहेको तौथलीमा समेत गाउँपालिकाले चाहिने सहयोग र पूर्वतयारी गर्न सकेको छैन् ।  कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने बिरामी आउनासाथ डराउनुपर्ने अवस्था छ उनले भनिन्, पूर्वमन्त्रीले गर्नुभएको स्वास्थ्य सामग्री सहयोगले हामीलाई हौसला मिलेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!