शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीका लागि ‘पिपिइ’ सहयोग गर्दै पूर्वमन्त्री बस्नेत

स्वास्थ्यकर्मीका लागि ‘पिपिइ’ सहयोग गर्दै पूर्वमन्त्री बस्नेत


निरोज चौलागाईं
सिन्धुपाल्चोक । स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको लागि पीपीई सहित आबश्यक स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर १ स्थित घोर्थलि प्राथमिक स्वास्थ्य चौकी, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ स्थित घोर्थली स्वास्थ्य चौकी र बाह्रबिसे नगरपालिकाको बुँदेपा स्वास्थ्य चौकीमा पीपीईसहित पूर्वमन्त्री बस्नेतले उक्त मेडिकल समाग्री सहयोग गरेका हुन्।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले बिश्वमा महामारीको रुप लिएपछि सरकारले गरेको लकडाउन र स्वास्थ्य सामाग्री अभाव देखिएपछि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बस्नेतले सो मेडिकल समाग्री गाउँपालिका तथा नगरपालिकाका स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउदै आएका छ्न।

उनले स्वास्थ्य उपचारका लागि आबश्यक मेडिकल सामग्री स्वास्थ्यकर्मी तथा स्थानीयहरुको लागि पारा सिटामल, डिकोल्ड सहयोग गर्दै आएका हुन। जिल्लाका अधिकांश स्वास्थ्य सस्था तथा अस्पतालमा समेत माक्स, सेनिटाइजर, एप्रोन, गाउन, डिस्पोजल क्याप जस्ता सामानको अभाव देखिएपछि बस्नेतले स्वास्थ्य क्षेत्रको संवेदनशिलतालाई ध्यानमा राख्दै थप सहयोग गर्दै आएको बताएका छन।

‘नेपालमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । तर सरकार र नेकपामा नेताहरु जिम्मेवार छैनन् हामीले गरेको सहयोग समेत रोक्न खोजिरहेका छन्’ उनले भने । ‘कोरोना भाइरसको त्रासले र मेडिकल साम्री अभावले सरकार अस्पताल तथा स्वास्थ्य सस्थामा माक्स र सेनिटाइजर सम्म पनि पुर्याउन सक्ने अबस्था नरहेको कारण मैले सहयोग गरेको हुँ,’ बस्नेतले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!