बिहीबार, असोज १८, २०८०
गृहपृष्ठसमाचारलकडाउन उल्लंघन गर्नेहरु क्वारेन्टाइनमा

लकडाउन उल्लंघन गर्नेहरु क्वारेन्टाइनमा


चौतारा, २१ चैत ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईसर (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ ।
सवारी साधनमा यात्रु राखी काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको अवस्था गए राति सवारी साधनसहित यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई लामोसाँघुस्थित क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार बा २० च ७२८० नं.को बोलेरोमा ९ जना, बा १७ च ५८४८ नं. को बोलेरोमा ८ जना, बा १४ च ८८९९ नं. को बोलेरोमा ७ जना यात्रुहरु सवार रहेका थिए ।
हिजै साथै २ ओटा यात्रुसहित आएका बा २ ख २३३८ र बा २ ख ६३७७ नं. को बस नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!