मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाचारभोटसिपा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

भोटसिपा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण


सिन्धुपाल्चोक । भोटसिपा स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । इन्द्रावती गाउँपालिका १० को भोटसिपा स्वास्थय चौकीमा ती सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यवश्यक पर्ने ती सामग्री स्वास्थ्यचौकीका इन्चार्ज अनिरुद्र तिम्लिसनालाई वडा अध्यक्ष जीवन थापामगर र नेपाली काँग्रेस क्षेत्रीय उपसभापति नवराज भटराइले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

गजराज जोशी ट्रष्टले दिएको चार बेड, उपसभापति भट्टाराईले दिएको दुइवटा पीपीई र वडाअध्यक्ष थापामगरले दिएका  स्प्रे पम्प, गोल्ब्स, मास्क, सेनिटाइजर, एप्रोनलगायत स्वास्थ्य सामग्री आज भोटसिपा पुगेर हस्तान्तरण गरिएको सभापति भट्टराइले जानकारी दिए ।

यसैबीच इन्द्रावती गाउँपालिका १० नम्बर वडाले ८५ हजारको राहत कोष खडा गरेको छ । वडामा रहेका जनप्रतिनिधि र कर्मचारी मिलेर राहत कोष खडा गरेको भट्टराइले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!