मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाचारथकनीमा चार वेडको क्वारेन्टाइन

थकनीमा चार वेडको क्वारेन्टाइन


सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका ४ ले चार वेडको क्वारेन्टाइन बेड तयार गरेको छ । कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिहरुलाई राख्नका लागि वडाले चार वेडको क्वारेन्टाइन तयार गरेको हो ।

मेलम्ची ४ थकनीको ओखरेनी चौरको धौलेश्वरी आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्मााण गरिएको वडा सदस्य कृष्ण कुमार  तामाङ (समिर)ले जानकारी दिए ।

२०७२ को भूकम्पको समयमा रेडक्रस सोसाइटीले दिएका पुराना वेडहरुको प्रयोग गरी क्वारेन्टाइन निर्माण गरिएको छ । आवश्यक अन्य स्वास्थ्यसामग्री भने वडा आफैले व्यवस्थापन गरेको छ । वडामा तीनजना स्स्वास्थ्यकर्मीहरु छन् । उनीहरुलाई दुइ वटा पीपीई मेलम्ची नगरपालिकाले पठाएको तामाङले बताए ।

वडा नम्बर ४ मेलम्ची नगरपालिकाको सबैभन्दा ठूलो वडा हो । एउटा गाउँबाट अर्को गाउँ पुग्न धेरै समय लाग्छ । तसर्थ सदस्य तामाङले वडा कै पीप्ले बजारमा अर्को क्वारेन्टाइन निर्माण गर्ने तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए ।

पछिल्लो समय वडाभरिमा वैदेशिक रोजगारबाट आएका तीनजना छन् । तीनैजनालाई स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानीमा राखेको उनले बताए । ‘तीनजना विदेशबाट यही चैतमा आएका छन् उनीहरुको स्वास्थ्य सामान्य छ केही भइहाल्यो भने खबर गर्न भनेका छौं’ उनले भने । उनीहरु साउदी र दुबइबाट आएका हुन् ।

त्यसैगरी गाउँमा कोहीलाई ज्वरो आए तुरुन्त खबर गर्न पनि उनले वडाका मानिसहरुलाई भनेका छन् । पछिल्लो समय काठमाडौंबाट गाउँमा मानिसहरुको आउने क्रम बढी भएकाले गाउँमा हुलहुल भएर बस्ने देखिएका छन् । प्रहरीको सहयोगमा गाउँमा गस्ती गरेसँगै त्यो क्रम कम भएको तामाङले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!