स्वास्थ्य संस्थालाई पूर्वमन्त्री बस्नेतले गरे ‘पीपीर्ई’ सहयोग

सिन्धुपाल्चोक । नवलपुर स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल चौतारालाई चिकित्सकले प्रयोग गर्ने पिपिइ अर्थात ब्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरसको सन्त्रास भइरहेको बेला चिकित्सकले कोरोना भाइरसको बिरामीको उपचारमा खटिनको लागी प्रयोग गरिने मेडिकल सामग्री हस्तान्तरण गरिएको हो ।
इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर स्वास्थ्य केन्द्रमा सिम्पालकाभ्रेका सभापति ग्याल्पो तामाङले पीपीर्ई एक सेट, सेनिटाइजर मास्क हस्तान्तरण गरेका हुन् ।
त्यस्तै जिल्ला अस्पताल चौतारामा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति टङक कार्किले दुई सेट पीपीर्ई सहयोग गरेका हुन्।
अहिले जिल्ला स्वास्थ्यकर्मिहरुको लागी पिपिइ, मास्क, सेनिटाइजर, ग्लोब्स, र बिरामीको लागि पारासिटामल डिकोल्डको अभाव भइरहेको अबस्थामा उनीहरुले सो सामान हस्तान्तरण गरेको सिम्पाल काभ्रेका इकाई सभापति ग्याल्पो तामाङले बताए। उनले भने, हामीलाई पुर्ब सूचना तथा सचारमन्त्री मोहन बहादुरले सहयोग गर्नु भएको हो।
अहिले जिल्लामा आबश्यक मेडिकल समानको अभाव देखिएको छ, यसरी स्वास्थ्यकर्मीहरुको लागि आएको सहयोगले स्थानीयको उपचारमा खटिन स्वास्थ्यकर्मीहरुको मनोबल समेत बढ्ने इन्द्रावती गाउँपालिकाका स्वास्थ्य सयोजक पर्शुराम श्रेष्ठले बताए।
चौतारा अस्पतालमा मेडिकल समान हस्तान्तरण गर्दै क्षेत्रीय सभापति टक कार्कि भने, हामीले अस्पतालको लागि पुर्ब संचार मन्त्री मोहन बहादुर बस्नेतसग आग्रह गरेका थियौ उहाँले जिल्ला अस्पतालको लागि सो सहयोग सामाग्री उपलब्ध गराएको कार्किले बताए।
उनले थपे हामीले आबश्यक परे र स्वास्थ्यकर्मीहरुमा उनीहरुले प्रयोग गर्ने सामाग्री अभाव देखिए थप अन्य सहयोग गर्ने बताए। अहिले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थामा मेडिकल समान तथा चिकित्सकले प्रयोग गर्ने पिपिइको अभाव देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस