आईतबार, फागुन ४, २०८१
गृहपृष्ठसमाचारचौतारा साँगाचोकगढी नगरपालिकाले छर्कियो ‘डिस–इन्फेक्टेन्ट’

चौतारा साँगाचोकगढी नगरपालिकाले छर्कियो ‘डिस–इन्फेक्टेन्ट’


सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन चौतारा साँगाचोकगढी नगरपालिकाले ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको छ । आज नगर प्रमुख अमान सिं तामाङले नगरपलिकाको टुडिखेल चोक पिपलबोट आसपासमा डिस-इन्फेक्टेन्ट छरेर अभियानको सुरुवात गरेका हुन् ।

चौतारा बजार सँगै इर्खु, साँगाचोक तथा सुकुटेको बजार क्षेत्रमा डिस-इन्फेक्टेन्ट छरेको मेयर तमाङले जानकारी दिए । यसैगरी नगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्नका लागि विभिन्न जनचेतनामुलक कामहरु गरेको छ । वडा वडामा स्यंमसेवीहरु बनाएर जनचेतना फैलाउने, रेडियोबाट जनचेतना फैलाउने काम गरेको छ ।

यसैबीच नगरपालिकमा १४ क्वारेन्टाइन बेड र ४ वटा आइशोलेशन वार्ड स्थापना गरेको छ । मेलचौरमा रहेको सामुदायिक भवनमा क्वारेन्टाइन बेड र जिल्ला समन्वय समितिको नयाँ भवनमा आइशोलेसन वार्ड निर्माण गरिएको नगरपालिकाका मेयर अमानसिंह तामाङले जानकारी दिए । आइशोलेशन वार्डमा एकजना बिमारी छन् ।

५१ हजार जनसंख्या रहेको नगरपालिकाका प्रत्येक नागरिकलाई मास्क वितरण गर्ने आफ्नो लक्ष्य रहेको मेयर तामाङले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!