गृहपृष्ठ ∕ समाचार ∕ बाह्रबिसेको आइशोलेशन वार्डमा रहेका तीनै जनाको रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज गरियो बाह्रबिसेको आइशोलेशन वार्डमा रहेका तीनै जनाको रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज गरियो सिन्धु खबर चैत्र १८, २०७६ गते १८:०२ मा प्रकाशित सिन्धुपाल्चोक । बाह्रबिसे प्राथमिक स्वास्थ्य चौकीमा आइशोलेशन वार्डमा रहेका तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड-१९) को आशंकामा अस्पताल भर्ना भएका तीनै जनाको रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे प्राथमिक स्वास्थ्य चौकीले आज जनाएको छ । आइशोलेशन वार्डमा रहेका भोटेकोशी गाउँपालिका ४ का निमा स्याङ्बो शेर्पा, याङ्जी शेर्पा र छिरिङ दोर्जे लामाको रिपोर्ट नेगेटिभ आएको हो । गत १३ गते उनीहरु स्वास्थ्य केन्द्रमा भर्ना भएका थिए । उनीहरुको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनीहरु तीनै जनालाई आजै डिस्चार्ज गरिएको पनि अस्पतालले जनाएको छ । निमा स्याङ्बो र याङजी आमाछोरी हुन् । गएको माघ २९ गते इराकबाट फर्केकी ती आमा छोरी र छिमेकी वृद्ध छिरिङ दोर्जे काठमाडौंमा सँगैं बस्दै आएका थिए । इराकबाट फर्केका उनीहरुलाई लामो समयदेखि सुक्खा रुघाखोकीको लक्षण देखिएकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा आएको स्वास्थ्यकर्मीले बताएका छन् । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम