मानवीय धर्ममा मोहन बस्नेत र काँगे्रस

चित्र मिजार
बिश्वभर कोरोना भाइरस (कोभिड १९) का कारण त्रास छ । कतिको ज्यान समेत गएको छ भने लाखौंको संख्यामा संक्रमण भएको छ । सिन्धुपाल्चोक पनि कोरोनाको भयले ठप्प छ । आम जिल्लाबासी र जिल्लामा क्रियाशिल राजनीतिक दलका नेता कार्यकर्ता घरमा चुप लागेर बसेका छन् । कोरोनाबाट बच्ने एक मात्र उपाय भनेको घरमा नै बस्नु हो । सो कुराबाट सबै जानकार छन् नै ।
तर नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेत, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, बाह्बिसे नगरपालिकाका सभापति रेशम तामाङ, युवा नेताहरु युधिर पौडेल, नविन श्रेष्ठ, ज्ञानेन्द्र बस्नेत (भान्जो) लगायतका नेता कार्यकर्ता जनतालाई कोरोनाको त्रासबाट जोगिन, कोरोनाबाट बच्न, र कोरोनाको संक्रमण भएमा उपचार र औषधी गर्नका लागि सचेतना र स्वास्थ सामाग्री बितरण गर्दे हिडिरहनु भएको छ ।
नेपाल कोरोना संक्रमण नहोस भनेर लकडाउनमा छ । यस्तो बेला कोही बाहिर हिड्नु हुन्न नै । यसमा दुई मत छैन । कोही बाहिर ननिस्कदाँ जनताले मास्क, सेनिटाइजर, ग्लब्स, जस्ता, स्वास्थ सामाग्री पाएका छैनन् । जनताले मास्क र सेनिटाइजर जस्ता स्वास्थ सामाग्री खोजी रहेका छन् । कसैले त ल्याएर देउ भनेर जनताले भनिरहेका छन् । जनताको यो आवाज कसैले सुनिरहेको छैन । न सरकारले नै सुनिरहेको छ । सत्ता पक्ष र प्रतिपक्षका नेता, कार्यकर्ता सबै घरमा बसिरहेका छन् । सबैलाई ज्यान भन्दा यतिखेर अरु केही ठूलो लागिरहेको छैन् ।
तर मोहन बहादुर बस्नेत र काँगे्रसका नेता, कार्यकर्ता कोरोना संक्रमणबाट बच्दै र सुरक्षित हुदै जनताको सेवामा खट्दै आएका छन् । जनताको स्वास्थलाई महत्व दिएर पूर्व मन्त्री बस्नेत लगायत गाउँगाउँ र बजारबजार पुगेर मास्क, सेनिटाइजर , ग्लब्स, एप्रोन, पारासिटामोल, लगायतका स्वास्थ सामाग्री बितरण गर्दे हिंडेका छन् । गाउँगाउँ र बजारमा रहेका स्वास्थ संस्था, स्वास्थ चौकीका डाक्टर, स्वास्थकर्मीले बिरामीको उपचार गर्न लाग्दा समेत उनीहरुलाई अति आवश्यक पर्ने पिपिई सेट र अन्य आवश्यक डे«सको अभाव बस्नेतले ती पोशाकहरु उपलब्ध गराएका छन् । कोही बिरामी परे आपनो सवारीसाधानले अस्पतालमा पुराउन लागिरहेका छन् । गोजीको पैसा र मनकारी साथीभाइबाट सो्रत जुटाएर बस्नेतले उक्त काम गरिरहेका छन् । सो कारण स्वास्थकर्मीलाई बिरामीको उपचार गर्न उत्साह मिलेको प्रतिक्रिया आइरहेको छ । सो कार्य अति नै महत्वपूर्ण पक्ष हो । मास्क, सेनिटाइजर लगायतका सामाग्री पाउदाँ जनता अति खुशी भएका छन् । सकडमा ज्यालादारी काम गरेर खाने पर्ने ब्यक्ति, साहाराबिहिन ब्यक्तिलाई क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र राजकुमार बस्नेतले ब्यक्तिगत रुपमा सय जना बढीलाई खाद्यन्न, सिरक डस्ना लगायतका सामान सहयोग गरेका छन् । यस्ता कार्य उहाँहरु जनताको सेवक भएको प्रमाणित भएको छ ।
उहाँहरु जस जसले यस्तो बेला जनताका घरदैलोमा पुगेर सेवा दिईरहेका छन् । यसकारण जनता खुशी छन् । आपतकालीन अबस्थामा पनि नेताहरु घरदैलोमा आएर स्वास्थको बारे चिन्ता लिदाँ रहेछन् भनेर जनता हर्षित भएका छन् । उहाँहरुले यस्तो काम गरेबापत स्याबासी पाइरहेका छन् । तर पनि उहाँहरुको कामको बिरोध भईरहेको छ । बिरोध गर्नु पर्ने कारण देखिदैंन यस्ता कामाम । सके आफूले पनि यस्ता काम गर्ने हो । यदि नसके बिरोध पनि गर्नु हुन्न भन्ने ठम्याई हो । उहाँहरुको यस्तो सहयोगले जनता खुशी छन् ।
उहाँहरुले राजनीतिक लाभ लिनको लागि यस्ता काम गरेको हो भन्नेहरु पनि होलान् तर मलाई लाग्छ की अब चुनाव आउन पनि करीब तीन बर्ष बाँकी छ । चुनावका लागि यस्ता काम गरेको हो भन्नु गलत हुन्छ । यो त केवल जनताको स्वास्थमा ख्याल गरिएको कार्य हो । अन्यान्तै उच्च मानवीय सेवा हो । धर्म गर्न मन्दिर, चर्च, लगायतका स्थानमा धाउन पर्देन् । आपतकालीन समयमा जनतालाई सेवा दिए पुग्छ । फेरि नेता भएपछि घरमा बसेर सामाजिक सञ्जालमा स्टाटस लेखेर मात्र पनि हुदैन् । जनताको अबस्था बुझन् सक्नु पर्छ । नेता भएपछि उसको घरपरिवार नै जनता हुन । जनता मर्ममा साथ दिने नेता महान हुन्छ । पूर्वमन्त्री बस्नेतको यस्तो कामले स्थानीय देखि संघीय सरकारलाई समेत धेरै कष्ट लिनु परेको छैन् । बस्नेतले जनताको सेवा गरेर सरकारलाई नै सहयोग गरिरहेका छन् । यो मेरो निजी बिचार हो ।
क्याटेगोरी : विचार/अन्तरवार्ता, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस