Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारसुनकोशीको प्रत्येक वडामा क्वारेन्टाइन

सुनकोशीको प्रत्येक वडामा क्वारेन्टाइन


सुनकोशी, १५ चैत ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका प्रत्येक वडामा ४–४ बेडको क्वारेन्टाइन तयारी गर्ने भएको छ । यसका लागि गाउँपालिकाले बेड र स्वास्थ्य सामाग्री आज सम्बन्धित वडाहरुलाई हस्तान्तरण गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि पूर्व मन्त्री मोहनबहादुर बस्नेत र अध्यक्ष श्रवण जिसीले उक्त सामाग्री ७ वडाका अध्यक्षलाई हस्तान्तरण गरेका छन् । उपलब्ध सामाग्री आजै वडामा पु¥याएर वार्ड तयारी गरिनेछ । क्वारेन्टाइन निर्माण गर्न बेड तथा स्वास्थयकर्मीका लागि ग्लोब, माक्स, सेनिटाइजरलगायतका सामाग्री उपलब्ध गराइएको छ । अध्यक्ष जिसीले आवश्यकता अनुसार वडाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउ“दै जाने जानकारी दिए । वडा नम्बर ४ यमुनाडा“डाका अध्यक्ष देवेन्द्र खड्काका अनुसार उपलब्ध स्वास्थ्य सामाग्री स्थानीय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने छ । उनका अनुसार उक्त वार्डको महिला सामुदायिक भवनमा क्वारेन्टाइन वार्ड शनिबार बेलुका नै तयार गरिएको छ । वडाको स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको बताए ।

यसैगरी सुनकोशी गाउँपालिका ६ का अति विपन्न ४५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण मजदुरी गरेर खाने परिवार भोको नरहुन भनेर राहत वितरण गरिएको तरुण दलका नेता प्रमोद लामाले जानकारी दिए । राहत सामाग्री पूर्व मन्त्री बस्नेत, पालिका अध्यक्ष जिसी, तरुण नेता लामा र वडा अध्यक्ष रामकुमार थापाले संयुक्त रुपमा बाँडेका हुन् । राहतमा चामल, दाल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस