बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारसुनकोशीको प्रत्येक वडामा क्वारेन्टाइन, पूर्व मन्त्रीले बाँडे विपन्नलाई राहत

सुनकोशीको प्रत्येक वडामा क्वारेन्टाइन, पूर्व मन्त्रीले बाँडे विपन्नलाई राहत


सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाका प्रत्येक वडामा ४–४ बेडको क्वारेन्टाइन तयारी गर्ने भएको छ । यसका लागिगाउँपालिकाले बेड र स्वास्थ्य सामाग्री आज सम्बन्धित वडाहरुलाई हस्तान्तरण गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत र अध्यक्ष श्रवण जिसीले उक्तसामाग्री ७ वडाका अध्यक्षलाई हस्तान्तरण गरेका छन् । उपलब्ध सामाग्री आजै वडामा पु¥याएर वार्ड तयारी गरिनेछ ।

क्वारेन्टाइन निर्माण गर्न बेड तथा स्वास्थयकर्मीका लागि ग्लोब, माक्स, सेनिटाइजर लगायतका सामाग्री उपलब्ध गराइएको छ । अध्यक्ष जिसीले आवश्यकताअनुसार वडाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै जाने जानकारी दिए ।

वडा नम्बर ४ यमुनाडाँडाका अध्यक्ष देवेन्द्र खड्काका अनुसार उपलब्ध स्वास्थ्य सामाग्री स्थानीय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने छ । उनका अनुसार उक्त वार्डको महिला सामुदायिक भवनमा क्वारेन्टाइन वार्ड शनिबार बेलुका नै तयार गरिएको छ ।

वडाको स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको बताए । यसैगरी पालिकाले ६ का अति विपन्न ४५ परिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनका कारण मजदुरी गरेर खाने परिवार भोको नरहुन भनेर राहत वितरण गरिएको तरुण दलका नेता प्रमोद लामाले जानकारी दिए । राहत सामाग्री पूर्व मन्त्री बस्नेत, पालिका अध्यक्ष जिसी, तरुण नेता लामा र वडा अध्यक्ष रामकुमार थापाले संयुक्त रुपमा बाँडेका हुन् । राहतमा चामल, दाल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!