गाउँबासीलाई मास्क र साबुन सहयोग

चित्र मिजार
बाह्रविसे, १४ चैत ।
गाउँबासीलाई कोरोना भाइरसको संक्रमण नहोस भनेर बाह्बिसे नगरपालिका ५ गातीमा रहेको श्री संगम युवा क्लबले मास्क र साबुन निशुल्क बितरण गरेको छ । साथै कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायको सचेतना फैलाउन थालेको छ ।
क्लबका अध्यक्ष ईश्वर खत्रीले दुई सय जनालाई माक्स र दुई सयलाई हात धुनको लागि साबुन निशुल्क प्रदान गरिएको जानकारी दिए । उक्त सामाग्री दिदैं क्लबले कोरोना भाइरस संक्रमण हुन नदिनको लागि सचेतना समेत दिएको छ ।
गाउँबाट अन्यत्र गई बसोबास गरेकाहरु धमाधम गाउँ फर्किदैं गरेकोले उनीहरुमा कोरोना संक्रमण भएनभएको बारे क्लबले चासो लिन थालेको अध्यक्ष खत्रीले बताउनु भयो । गाउँमा रहेकालाई घर बाहिर ननिस्कन र साबुन पानीले राम्ररी हात धुन क्लबले सिकाउन थालेको छ । गाउँबासीको स्वास्थमा क्लब लागेपछि स्थानीय मिठु खत्रीले भनिन् “यस्तो काम सबै संघसस्थाले गरे अति रामो्र हुने थियो” ।
मास्क र साबुन पाएपछि सो ठाँउकी ७६ बर्षीया चिनीमाया खत्रीले बजारमा किन्न जाँदा नपाइएको माक्स र साबुन घरदैलोमा आएर क्लबले दिएपछि अति हर्षित भएकी छन् । स्थानीय रामचन्द्र खत्रीले क्लबका पदाधिकारी र सदस्य सबैले गाउँमा कोरोना भाइरसबाट बच्ने उपाय चलाएकोमा खुशी ब्यक्त गरिन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस