बुधबार, चैत्र ५, २०८१
गृहपृष्ठसमाचार‘लकडाउन’ उल्लघंन गर्नेलाई कडा कारवाही हुन्छ: प्रमुख जिल्ला अधिकारी उमेश ढकाल (भिडियोसहित)

‘लकडाउन’ उल्लघंन गर्नेलाई कडा कारवाही हुन्छ: प्रमुख जिल्ला अधिकारी उमेश ढकाल (भिडियोसहित)


सिन्धुपाल्चोक । लकडाउन उल्लघंन गरे कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताएका छन् । लकडाउनलाई खेलाचीका रुपमा नलिन पनि उनले भनेका छन् ।

कोरोना रोकथामकालागि गठित कमाण्ड फोर्सकोे बिहीबार बसेको बैठकका विभिन्न निर्णयहरु भिडियो मार्फत सार्वजनिक गर्दै उनले यो समय रमाइलो गर्ने समय नभएकाले काठमाडौंबाट आउजाउ नगरिदिन र घरमा नै सेल्फ क्वारेन्टाइनमा बस्न जिल्लावासी सबैलाई आग्रह गरेका छन् ।

लकडाउन उल्लघंन गर्दा विदेशमा भएको ठूलो क्षतिलाई ख्याल गर्दै सबैले यसको पालना गर्नैपर्ने उनले बताए । बैठकले विदेशबाट आएका र भारतबाट आएकाहरुको विवरण संकलनका लागि फर्मको विकास गरी स्थानीय सरकारहरुमार्फत डाटा संकलन गरिने पनि बताए ।

डाटा संकलन गर्दा शंकास्पद लागेकालाई क्वारेन्टाइनमा राख्ने काम स्थानीय सरकारले गर्ने बताए । साथै शंकास्पद व्यक्तिका परिवारलाई चेकजाँच गर्ने व्यवस्था मिलाउने र क्वारेन्टाइनमा राख्ने काम पनि वडा अध्यक्ष, सदस्य लगायतले गर्नुपर्नेछ ।

बजारमा खाद्य वस्तु तथा ग्याँसको अभाव हुन नदिन व्यवसायीहरुसँग छलफल गरेर व्यवस्थापन गर्न बैठकले उद्योग वाणिज्य संघलाई जिम्मा दिएको छ । क्वारेन्टाइन र आइशोलेशन कक्ष निर्माणका लागि स्थानीय सरकार (गाउँपालिका र नगरपालिका) लाई नै जिम्मेवारी बनाउने निर्णयअनुसार स्थानीय सरकारले यसको व्यवस्थापन गर्नुपर्ने छ ।

जस अन्तर्गत विभिन्न पालिकाहरुमा अनिवार्य क्वारेन्टाइन र आइशोलेशन कक्ष निर्माण भएका छन् । उनले पीपीई (स्वास्थ्यकर्मीको सुरक्षाको लागि प्रयोग हुने सामाग्री) लगाएर जथाभावी फोटो खिचेर फेसबुकमा हाल्नेलाई कडा कारवाही हुने बताए ।

पीपीईको प्रयोग एकचोटि मात्रै हुने हुदाँ यसमा ध्यान दिन स्वास्थ्यकर्मीलाई अधिकारी ढकालले आग्रह गरेका छन् । जिल्लामा रहेका सरकारी र विषयगत कार्यालयका कार्यालय प्रमुखहरु कार्यालयमा अनिवार्य उपस्थित हुनु पर्ने पनि बैठकले निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!