गृहपृष्ठ ∕ समाचार ∕ पूर्व मन्त्री बस्नेतले बाँडे कोरोना परीक्षणकालागि आवश्यक स्वास्थ्य सामाग्री पूर्व मन्त्री बस्नेतले बाँडे कोरोना परीक्षणकालागि आवश्यक स्वास्थ्य सामाग्री सिन्धु खबर चैत्र १२, २०७६ गते २१:२० मा प्रकाशित सिन्धुपालचोक । सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको छ । बुधबार नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा मेडिकल सामाग्री वितरण गरिएको हो । नेता बस्तेतको पहलमा बाह्रविसे नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा सेनीटाइजर, साबुन माक्स, ग्लोब्स, एप्रोनलगायतका सामग्री वितरण गरिएको छ । नेता बस्नेतले आफैले उक्त सामाग्री प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेकी चिकित्सक सिर्जना महर्जनलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीलाई काम गर्न असुविधा भएपछि सबैको सहयोगमा विभिन्न मेडिकल सामग्री वितरण गरिएको पूर्वमन्त्री बस्नेतले जानकारी दिए । नेता बस्नेतले सकेको सहयोग गर्न सवैलाई आव्हान समेत गरे क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ मेलम्चीको पानी वितरणका लागि यस्तो योजना धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै