गृहपृष्ठ ∕ समाचार ∕ हेलम्बुवासीलाई निःशुल्क मास्क, सबै नागरिकको कोरोना परीक्षण गरिदैं हेलम्बुवासीलाई निःशुल्क मास्क, सबै नागरिकको कोरोना परीक्षण गरिदैं Sindhu Khabar चैत्र १०, २०७६ गते १२:२७ मा प्रकाशित हेलम्बु, १० चैत । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट आफ्ना नागरिकहको स्वास्थ्य प्रति चिन्तित हेलम्बु गाउँपालिकाले शुक्रबारदेखि अस्थाई स्वास्थ्य केन्द्र स्थापना गरी आफ्नो सीमाक्षेत्र हुँदै प्रवेश गर्नेहरुलाई अनिवार्य स्वास्थ्य परिक्षण तथा निशुल्क मास्क बितरण कार्य लाई तीब्र पारेको छ । यो रोग बाट सर्तक रहन चाहिने आबश्यक मास्क, स्यानिटाइजर, पन्जा जस्ता सामाग्रिहरु बजारमा अभाव भएका कारण सहजै पाउन मुस्किल भएको छ । यो अबस्थामा हेलम्बु गाउँपालिकाले आफ्ना नागरिक र हेलम्बु प्रवेश गर्ने प्रत्येकलाई निशुल्क मास्क वितरणको लागि गाउँपालिकामै उत्पादनको सुरुवात गरेको छ । हाल दैनिक ३०० वटा सम्म गुणस्तरीय मास्क उत्पादन भईरहेको र अझै बढाउँदै लैजाने गाउँपालिकाले जनाएको छ । आफ्ना नागरिकहरुलाई साबुन पानीले हात धुँदै कोरोनाबारे सचेत रहन अनिवार्य गरेर दुई वटा ‘इन्फारेट थर्मोमिटर’ बाट तापक्रम परीक्षण गरिरहेको र थप १२ वटा ‘इन्फारेट थर्मोमिटर’ तथा आइसोलेटेड एप्रोन खरीद गरीएको पनि जनाएको छ । स्वास्थ्य सेवालाई अझै गुणस्तरीय बनाउँदै कोरोना भाइरसको प्रभाव काठमाण्डौमा देखिए हेलम्बु प्रवेशमा थप कडाई गरिने गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे