कोरोना सचेतना जगाउँदै शुभप्रभात सहकारी

बाह्रविसे, ९ चैत ।
जिल्लाकै अब्बल सहकारीमा गनिएको बाह्रबिसे नगरस्थित शुभप्रभात बचत तथा ऋण सहकारीले नगरक्षेत्रको केन्द्रमा कोरोनाबारे सचेतना अभियान सुरु गरेको छ । साकोस छात्रवृत्तिदेखि अनेक सामाजिक अभियानमा कस्सिरहेको शुभप्रभात सहकारीले बजारक्षेत्रमा साबुन पानी धुने अनिवार्य र शरिरको तापक्रम परिक्षणदेखि कोरोनाको पूर्वसावधानीबारे सचेतना फैलाइरहेको हो ।
सीमावर्ती क्षेत्र तातोपानीसँग नजिक र जोडिएको पुरानो बजार बाह्रबिसेमा सचेतना ल्याउन एक भएर लागेको शुभप्रभात बचत तथा ऋण सहकारीका अध्यक्ष उद्धवबहादुर तिवारीले जानकारी दिए । ‘प्रत्येकलाई साबुन पानीले हात धुन अनिवार्य आग्रह गरेका छौ, माक्स लगाउन, शरिरको तापक्रम जचाउन सुझाव दिइरहेका छौ ।’ उनले भने । अत्यधिक र अस्वाभाविक शारिरीक तापक्रम या ज्वरो पाइएका बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रका पूर्वअध्यक्ष रहेका तिवारीले नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा जानको लागि अनुरोध सचेतना दिइरहेको सुनाए ।
मोबाइल बैकिङ, बिल भुक्तानी, रिचार्ज, एकाउन्ट सिस्टमदेखि दर्जनौ सुविधा ‘एप’बाट दिइरहेको सहकारीस“ग चार हजारभन्दा बढी शेयर सदस्य छन् । ३० करोड पुजी रहेको सहकारीको शुभप्रभातले विपन्न बालबालिका र वृद्धवृद्धालाई विभिन्न सहयोग गर्दै आइरहेको छ । बाह्रबिसे नगरपालिकादेखि विद्यालय, नगरक्षेत्रमा आउने जोकोहीलाई कोरोनाबारे सचेतना र साबुन पानीले हात धुने क्रियाकलाप अनिवार्य गर्नुपर्ने नगरले सुचना दिएको छ । ३१ करोडभन्दा बढी कारोबार गरिरहेको सहकारीले कृषि,व्यापार,हायरपर्चेज,पुनर्निर्माणजस्ता क्षेत्रमा कर्जा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस