गृहपृष्ठ ∕ समाचार ∕ चौतारा साँगाचोकगढी नपा कोरोनाप्रति सतर्क हुँदै चौतारा साँगाचोकगढी नपा कोरोनाप्रति सतर्क हुँदै Sindhu Khabar चैत्र ८, २०७६ गते १७:४९ मा प्रकाशित चौतारा, ८ चैत । विश्वव्यापी रुपमा संक्रमण फैलदैं गरेको कोरोना भाइरस (कोभिड १९) प्रति चौतारा साँगाचोकगढी नगरपालिकाले सतर्कता अपनाएको छ । आज (शनिबार) कार्यपालिकाको बैठकले नगरपालिकासहित देशमा यो भाइरस फैलन नदिन विधिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । नगरपालिकाका मेयर अमानसिं तामाङको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाका १४ वटै वडामा प्रति वडा हालका लागि एक हजार मास्क स्थानीय स्तरबाटै उत्पादन गरि वितरण गर्ने निर्णय गरेको छ । मास्क अपुग भएमा आवश्यकता हेरि थप उत्पादन गर्ने निर्णय नगरपालिकाले गरेको छ । आजको बैठकले चौतारा साँगाचोकगढी नगरपालिका भित्र कोरोना फैलन नदिनका लागि सबै वडामा सचेतनामूलक फ्लेक्स, व्यानर सार्वजनिक स्थानमा टाँस्ने र वडा कार्यालयले माइकिङ गर्ने निर्णय गरेका मेर अमानसिंले जानकारी दिए । मेलचौरमा आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय सँगै चौतारा र जुगल महुमुखी क्याम्पसलाई पनि आइसोलेसन वार्डका रुपमा स्थापना गर्न आग्रह गर्ने नगरपालिकाले निर्णय गरेको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे