प्रसुति अवधिभर एम्बुलेन्स निःशुल्क

बराम्ची, ५ चैत ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका महिलाले प्रसुति अवधिभर एम्बुलेन्स निःशुल्क पाउने भएका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकका अनुसार प्रसुति सेवालाई सुरक्षित र प्रभावकारी बनाउन निःशुल्क एम्बुेन्स सेवा सुरु गरिएको हो । त्यसका लागि पालिकाले एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवा ७ वटै वडाभित्रका महिलाले प्रसुति अवधिभर लिन पाउनेछन् ।
जुगल गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । त्यस्तै अर्को एउटा पनि सामुदायिक स्वास्थ्य ईकाई निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिए । प्रसुति गराउन पालिकाभित्रै स्वास्थ्य चौकी र अन्य ठाउँमा जानुपरे पनि एम्बुलेन्स सेवा लिन पाउने गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । पालिकाको ४ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस