गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकमा एसइइ परीक्षा तयारी पूरा सिन्धुपाल्चोकमा एसइइ परीक्षा तयारी पूरा Sindhu Khabar चैत्र १, २०७६ गते १७:२४ मा प्रकाशित चौतारा, १ चैत । आउँदो चैत ६ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)को तयारी पूरा भएको छ । चार हजार एक सय चार जनाले सहभागिता जनाउने परीक्षाको सबै तयारी सकिएको हो । परीक्षार्थी मध्ये १ हजार ८ सय ३४ छात्र र २ हजार २ सय ६७ छात्र छन् । यो वर्षको एसइइका लागि २३ परीक्षा केन्द्र तोकिएको छ । सम्बन्धीत परीक्षा केन्द्रका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले बताए । यो वर्ष सामुदायिक र संस्थागत गरी यो वर्ष १ सय ४९ विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुँदैछन् । प्राविधिकतर्फ यो वर्ष १ सय ३२ परीक्षार्थीहरु सहभागी हुदैछन् । प्राविधिकतर्फका लागि चौतारा स्थित कृष्णरत्न गंगा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यस्तै ग्रेड वृद्धि परीक्षामा पनि १६जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे