गृहपृष्ठ ∕ समाचार ∕ विद्यालय आउजाउमै ६ घण्टा विद्यालय आउजाउमै ६ घण्टा Sindhu Khabar चैत्र १, २०७६ गते १२:२७ मा प्रकाशित हेलम्बु, १ चैत । मेलम्ची नगरपालिका सिटिङकी १० वर्षकी सुनिता तामाङ दिनहु सिटिङबाट तीन घण्टा पैदल हिडेर हेलम्बु गाउँपालिकाको छाजोगाङ गाउ“ आइपुग्छिन् । तलतिर भएको विद्यालयमा ३ कक्षासम्म मात्रै भएकाले त्यसभन्दामाथि पढ्न सर्वोदय माध्यमिक विद्यालय धाउनुपर्छ । ‘बिहान ६ बजे हिड्छु र नौ बजे आइपुग्छु, आउजाउमै ६ घण्टा बित्छ,’ उनले भनिन् । यहाँबाट ४ बजे हिडे ७ बजे पुग्ने घर पुग्ने उनी हिडेर नै बिरामी परिसकेकी छिन् । हेलम्बु छाजोगाङभन्दा माथिल्लो बस्ती चित्रेबाट छाजोगाङसम्म आइपुग्न झण्डै तिन घण्टा लाग्छ । ‘हामीलाई कति धेरै धपेडी हुन्छ, भाइबहिनीहरुलाई झनै कति गाह्रो हुन्छ,’ १५ वर्षिय माया तामाङले भनिन् । कक्षा ४ मा पढिरहेका बोल्देका ११ वर्षका पासाङ तामाङले पनि खल्लो अनुभव गरेका छन् । उनले स्कुल टाढा भएको कठिनाइले धेरैले बीचैमा पढाइ छाड्ने गरेको जनाए । हेलम्बु गाउँपालिकाको साबिक महाकालमा दुई वटा मात्रै माध्यमिक र केही आधारभुत माध्यमिक विद्यालय भएपनि टाढा छन् । जसमध्ये माध्यमिक तहको वडा ५ मा यही सर्वोदय माध्यमिक विद्यालय मात्रै एउटा हो । त्यसैले हेलम्बुको पारीगाउँ खरबुजे, बोल्दे, पिप्से हँुदै मानेडाँडा, तल्लो सिरिसे गरी २५ बालबालिका यहा पढ्नको लागि घण्टौ हिडेर आउनुपर्ने बाध्यता छ । दुई सय १७ जना बालबालिका अध्यापन गराइरहेको सर्वोदयमा कक्षा नौ सम्म मात्रै पढाइ हुने गरेको प्रधानध्यापक भरत कार्कीले बताए । ‘यही दुर्गमताका कारण आवसिय विद्यालय र शैक्षिक कक्षा थपिनुपर्ने माग राख्दै आएका छौ, ’उनले भने । हेलम्बु गाउ“पालिकामा यस समस्याबारे सूचना दिएर छलफलको प्रक्रियामा लागेको उनको कथन छ । ‘उहाँहरुले दश कक्षा थप्ने र आवाशीय कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भएको छ,’उनले भने । विद्यालयमा शैक्षिक सामाग्रीदेखि खेल मैदान नभएका कारणले समस्या बनिरहेको उनको भनाइ छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?