गृहपृष्ठ ∕ समाचार ∕ क्यान्सरपीडित रितुको परिवारलाई सहयोग क्यान्सरपीडित रितुको परिवारलाई सहयोग Sindhu Khabar फागुन ३०, २०७६ गते १०:४७ मा प्रकाशित चौतारा, ३० फागुन । चौतारा साँगाचोकगढी नगरपालिक वडा न ८ ईर्खुकी ब्लड क्यान्सर भएकी रितु तामाङ बचाउ अभियानमा कल्लेरी युवा परिवारले रकम संकलन गरेको छ । क्लवमार्फत विदेशमा भएका व्यक्तिहरुले सकेको रकम सहयोग गरेका छन् । कल्लेरी तामाङ युवा परिवारको अध्यक्ष मीन बहादुर तामाङ र सहसचिव गडुल ध्वज तामाङहरुको पहलमा यो अभियान सामाजिक संजालमार्फत सुरु गरिएको थियो । रितु तामाङ बचाउ अभियानमा कल्लेरी युवा क्लबले दुई लाख पच्चीस हजार तीन सय बयानब्बे रुपैया संकलन गरेसंगै रितु तामाङको परिवारलाई हस्तान्तरण गरिसकेको छ । ब्लड क्यान्सरको पीडित बन्न पुगेकी सिन्धुपाल्चोकी चौतारा साँगाचोकगढी नगरपालिका– ८, इर्खुकी रितु तामाङलाई बचाउन परिवारले अपिल गरेको छ । उपचार गर्दा थुप्रै रकम खर्च भईसकेको भन्दै पीडित तामाङका बुबा मन्ते तामाङले छोरीलाई बचाउन सहयोगको अपिल गरेका हुन् । पीडित तामाङको अहिले ललितपूरको पाटन अस्पतालमा उपचार भईरहेको छ । उनलाई बचाउन चौतारा बहुमुखी क्याम्पसका विद्यार्थीहरु, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा २०६४ सालमा एसएलसी दिएका विद्याथीैको समूहले सहयोग सङ्कलन सुरु गरेको बताएका छन । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने युएईमा थुम्पाखरका सुदिपकाे मृत्यु धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा