शनिबार, असोज ६, २०८०
गृहपृष्ठपर्यटनपर्यटकीय गाउँ हेलम्बुमा विश्व सुन्दरी टिना

पर्यटकीय गाउँ हेलम्बुमा विश्व सुन्दरी टिना


हेलम्बु, २३, फागुन ।

जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा यस वर्षकी विश्व सुन्दरी टोनी एन् सिङ आएकी छिन् । जमैकाकी उनीसहितको सुन्दरीहरुको टोलीले हेलम्बुमा निर्माण भइरहेको ग्रेट ट्रृेलको अवलोकन गरे ।
मिस वल्र्ड टोनी, मिस वल्र्ड अर्गनाइजेशनकी अध्यक्ष जुलिया मोर्ली, सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडा, सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठको टोली पनि हेलम्बु पुगेको हो ।
मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बु गाँउपालिका ७ सुर्सिङमा सञ्चालन गरेको शिक्षा तथा जिविकोपार्जन परियोजना अनुगमनमा आएकी टोनीले ग्रेट ट्रेलको समेत अनुगमन गरेकी हुन् । ग्रेट ट्रेलमा पुगेपछि आफुलाई धेरै गर्व लागेको र धेरै खुशी समेत भएको मिस वल्र्ड टोनीले बताएकी छन् ।
ग्रेट ट्रेल निर्माणका लागि मिस वल्र्ड आयोजक संस्थाकी अध्यक्ष मोर्लिले २० हजार अमेरीकी डलर सहयोग गर्ने बताएकी छन् ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!