गृहपृष्ठ ∕ समाचार ∕ सामुदायिक मेलमिलापकर्ताहरुको सपथ ग्रहण सामुदायिक मेलमिलापकर्ताहरुको सपथ ग्रहण Sindhu Khabar माघ २०, २०७६ गते १६:४३ मा प्रकाशित मेलम्ची, २० माघ । मेलम्ची नगरपालिका न्यायिक समितिको आयोजना तथा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा मेलम्ची नगर स्तरीय सामुदायिक मेलमिलाप कर्ताहरुको सपथ ग्रहण तथा अभिमुखिकरण तालिम आइतबार मेलम्चीमा भएको छ । नगरपालिका भित्र सुचिकृत १३ वटै वडाका मेलमिलाप कर्ताहरुलाई समुदायमा घट्न सक्ने बिभिन्न बिवादहरुको समाधान, प्रक्रिया, जिम्मेवारी र कर्तव्यको बिषयमा केन्द्रित भई कार्यक्रमको आयोजना गरीएको मेलम्ची नगरपालिका न्यायिक समितिका संयोजक भगवति नेपालले बताइन् । कार्यक्रममा बोल्दै उनले मेलमिलाप कर्ताहरुले अपनाउनु पर्ने सावधानी, समुदाय प्रतिको उत्तरदायित्व लगायत बिविध बिषयमा सहभागि मेलमिलाप कर्ताहरुलाई सचेत रहन आग्रह गरिन् । साथै मेलम्ची नगरपालिका भित्रका सम्पुर्ण वडामा मेलमिलाप केन्द्रलाई ठिक ढंगले व्यवस्थापन गर्न तथा माघ मसान्त सम्ममा वडा स्तरीय मेलमिलापकर्ताको संयोजक टुङगाउन पनि निर्देशन दिइन् । कार्यक्रममा बोल्दै प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकका संयोजक ठाकुर चौलागाईले समुदायको बिश्वासिलो मेलमिलाप कर्ता बन्न सबैलाई आग्रह गरे । हालसम्म जिल्लामा २१०० भन्दा बढि समुदायमा घटेका बिवाद समाधान गर्न सामुदायिक मेलमिलापकर्ता सफल रहेको जानकारी दिदैँ अहिले झनै यसको गरीमा बढेको जानकारी दिए । कार्यक्रममा बिभिन्न वडाका मेलमिलाप कर्ताहरुले आफ्नो भनाई हरु राख्नुभएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम