तातोपानीमा चिनियाँसहित ४१ को कोरोना भाइरस परीक्षण

तातोपानी, २० माघ ।
नेपाल चीन सीमा तातोपानी नाकामा कोरोना भाइरस परीक्षणका लागि शिविर सञ्चालन गरिएको छ । भोटेकोसी गाउँपालिकाले चीनमा फैलिएको नोवल कोरोना भाइरस नेपालमा भित्रिन नदिन परीक्षण शिविर गरेको हो ।
गाउँपालिकाले नाकामा चीनबाट ट्रक कन्टेनर लिएर आएका चालकहरुको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । कन्टेनर लिएर आएका ४० कन्टेनरका चालकसहित एक चिनियाँ नागरिकलाई भाइरस भए नभएको परीक्षण गरिएको शिविरमा खटिएकी स्वास्थ्यकर्मी सोनिया लामघादेले बताइन ।
सरकारले नेपालको चीन सीमा नाका बन्द गर्न जानकारी गराए लगत्तै भोटेकोसी गाउँपालिकाले गत हप्ता देखि १५ दिनको लागि नाका बन्द गरेको भोटेकोसी गाउँपालिकाले जनाएको छ । अहिले नेपाल र चीन सीमा तातोपानी नाका बन्द छ । नेपालमा रहेको चिनियाँ नागरिक नेपालमा नै बसेका छन् भने ट्रक कन्टेनर चलाउने नेपालीलाइ चीनबाट नेपाल ल्याइसकेको भोटेकोसी गाउँपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद निरौलाले बताए । नाकामा रहेको स्थानीय नागरिक तथा उपचारका लागि स्वास्थ्य चौकी आउनेलाईसमेत कोरोना भाइरसबाट बच्न सकिने घरेलु उपायहरुको सन्देश गाउँपालिकामा खटिएका स्वास्थ्यकर्मीहरुले दिइरहेका छन् ।
चीन सीमा नजिकको भएकाले कोरोना लागे नलागेको स्वास्थ्य परीक्षणबाट थाहा पाउन सकिने भएकोले गाउँपालिकाले स्वास्थ्यकर्मीहरुसँगँ छलफल गरेर शिविर चलाइरहेको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले बताइन् । ‘नेपालबाट ट्रक कन्टेनर लिएर चिन गएका नेपाली चालकहरुलाइ नेपाल ल्याइसकेका र्छौँ,’ उनले भनिन् ।
कतिपय चालकहरु उतै फसेर बसेको जानकारी आएपछि भोटेकोसी गाउँपालिकाले उनिहरुको स्वास्थ्य जानकारी लिएर नेपाल ल्याइसकेको प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले बताए । विश्व स्वास्थ्य सगंठनले आपतकाल घोषणा गरिसकेको छ । ‘हामीले पनि गाउँपालिकाले गर्न सक्ने र दिन सक्ने सेवा स्थानीयलाइ दिइरहेको छौ, अहिले नाका पूर्ण रुपमा बन्द गरिसकेका छौं ।’ निरौलाले भने ।
अहिलेसम्म ४० जनालाई परीक्षण गरेको तर त्यस्तो समस्या नदेखिएको लामघादेले बताइन् । ‘स्थानीयलाई हुलहुज्जतमा नबस्ने, ज्वरो आएको महसुस भए तुरुन्तै स्वास्थ्य संस्थामा जाने, माक्स प्रयोग गर्न, मासुहरु राम्रोसँग पाक्ने गरि पकाएर मात्रै खाने हातमुख राम्रोसँग धुने जस्ता जानकारीहरु दिएका छौं ।’ स्वास्थ्यकर्मी लामघादेले भनिन् ।
स्वास्थ्यकर्मीहरुले गाउँघरमा गर्न सकिने उपचार र उपायहरु अपनाउन जानकारी गर्दै आइरहेको स्थानीय नवाङ दोर्जे शेर्पाले बताए । गाउँपालिकले सीमा नाकाका स्थानीयहरुलाइ कोरोना भाइरसको बारोमा जानकारी दिदै बच्ने उपायको समेत सचेत गराएको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस