बच्चालाई खोप लगाउन दुई दिन पैदल

गुम्बा, १८ माघ ।
जुगल गाउँपालिका–३ दिपु र तेगाबाहेक तेम्बाथान्बाट झण्डै दुई दिन हिडेर गुम्बाथान् पुग्नुपर्ने भएकाले आजित व्यर्होनुपरेको सुनाइरहदा २७ वर्षकी लाक्पाडोमा शेर्पा एकदमै दुखित देखिइन् ।
‘यहाँबाट बिहान चार बजे हिडे बेलुकी दश बजे मात्रै तेम्बाथान् पुगिन्छ, हुनेको आफन्तकहाँ बसेर खोप लगाएर फर्कन्छौ, नहुनेको पैशा तिरेर बस्नुपर्छ,’ उनले लामो स्वास फेर्दै भनिन् । उनले दर्जनौ पटक हिडेर खुट्टा सुन्निएसगै १५ महिने छोरालाई खोप लगाएर छाडेको उनले सुनाइन् ।
धेरैजसो महिला चौरी गाई र घरपातको धन्दाले गर्दा खोपको लागि दुई हिड्नुको पिरलोले ध्यान दिदैनन् । केही महिला सामुहिक रुपमा आफन्तको संरक्षणमा गुम्बाथान गाउँसम्म आउने गरेको गुम्बाथान्का मिङ्मार लामाले बताए ।
सरकारले सडक, बिजुलीदेखि विद्यालय र स्वास्थ्य संस्था सहज नगराउँदा तेम्बाथान्, दिपु र तेगाका बासिन्दाले नरकजस्तै दुख भोग्नुपरेको उनले उदाहरण दिए । ‘दिपु र तेगामा १५ , तेम्बाथान्मा झण्डै दुई सय घरको हालत आदिम युग झै छ,’उनले थपे । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंकानुसार शिशुलाई जन्मेदेखि १५ महिनाको उमेरसम्म सरकारले रोगविरुद्ध लड्ने १२ खोप निशुल्क बनाएको छ । तत्कालिन गाविस हुदा खोप केन्द्र बनाएर स्वाथ्यकर्मीबाट शिशुको लागि खोप केन्द्र स्थापना गरिएको हुन्थ्यो । ‘हालै स्थानीय तहमा विभाजन भएपछि त्यो अभिभारा स्थानीय सरकारको जिम्मामा छ, हामीले आवश्यक औषधी र भ्याक्सिन उपलब्ध,शिविर गराउछौ,’उनले भने । जुगलले ७ वटै वडामा आमा र शिशुदेखि अन्यको लागि प्रत्येक वडामा ३ जना स्वास्थ्यकर्मी सक्रिय रुपमा खटाइरहेको जनाएको छ ।
जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने तेम्बाथान्मै स्वास्थ्यकर्मी खोपको लागि प्रत्येक महिना एक पटक खटाइरहेको दाबी गरे । ‘सूचनाको कमीले यस्तो भएको हुन सक्छ, गुम्बाथान् ,पांगर्पूमा भौतिक संरचनाको खोप केन्द्र राखेका छौ, त्यहाँ स्वास्थ्यकर्मी बस्छन् ,भने तेम्बाथान्मा बनाउदैछौ,’उनले भने ।
अघिल्लो वर्ष तेम्बाथान् पुगेका प्रदेश सांसाद सरेश नेपाल र जुगल गाउ“पालिकाका प्रमुखले यही ०७६ सालसम्म सडक जोड्ने र स्वास्थ्य चौकी ,विद्यालय ठड्याउने प्रतिबद्धता गरेका थिए । तर, अहिलेसम्म केही काम नभएको भन्दै स्थानीय आक्रोशित छन् । यसबारे जुगल गाउ“पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले भने स्वाथ्यकर्मी गाउ“मै खटाइरहेको जानकारी दिइन् । स्थानीयले भने दुर्गम भएकै कारणले स्वास्थ्यकर्मी गाउ“ नियमित नआउने गरेको बताउ“दैआएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस