गृहपृष्ठ ∕ समाचार ∕ लाङटाङमा बेपत्ता दुई विद्यार्थी मृत फेला लाङटाङमा बेपत्ता दुई विद्यार्थी मृत फेला Sindhu Khabar माघ १३, २०७६ गते १६:५८ मा प्रकाशित चौतारा, १३ माघ । गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएका दुई जना १० दिनपछि मृत अवस्थामा भेटिएका छन् । गएको माघ ३ गतेदेखि हराएका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ हेलम्बुका १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाडा गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षीय जापान तामाङको शव आज फेला परेको हो । गत पुस २८ गते गोसाइकुण्ड जान भनेर हिडेका उनीहरू हिमपात भएपछि माघ ३ गतेसम्म नुवाकोटको घ्याङफेदीको एउटा होटलमा बसेका थिए । बाक्लो हिउँ जमेपछि गोसाइकुण्ड जान नसकिने भन्दै उनीहरू काठमाण्डौतर्फ फर्किएका थिए । काठमाण्डौ फर्कने क्रममा उनीहरु बीचैमा हिउँमा फसेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारीको भनाई उदृंत गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बाटोमा हिड्दै गर्दा चिप्लिएर खोचमा परेपछि उनीहरु माथि आउन नसकेको र हिउँमा पुरिएको हुन सक्ने बताए । स्थानीयले आज बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे